Skip to main content

Posts

Showing posts from July, 2010

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

...ढुङ्गाले भन्नेछ

समय आएपछि ढुङ्गाले भन्नेछ वाध्य बनाएपछि ढुङ्गाले भन्नेछ आजकाल मन्दिरमा तेरो के काम छ भनेर जिस्काएपछि ढुङ्गाले भन्नेछ कसमे कम कुनै दिन काम लाग्ला मौका पाएपछि ढुङ्गाले भन्नेछ कन्जुस बुढि र चलाख बटुवा थ्यो खिचडि पकाएपछि ढुङ्गाले भन्नेछ त पागल होस् भनेर बदलामा गजल सुनाएपछि ढुङ्गाले भन्नेछ

यसपाली रहेछ

ऊ रुनु यसपाली रहेछ भन्थ्यो संसार जाली रहेछ मैले मुटु धुन सकिन भनेर घाउ पखाली रहेछ पाएछ माया गरेको फल छातीमा आगो बाली रहेछ मेरो मनले मान्न सकेन सबैले भन्थे दलाली रहेछ सायद हरेस खाएर होला मर्छु भन्न थाली रहेछ