सुने घर आँगन मैदान भै रहेछ
कुरा एक कान दुई कान भै रहेछ
जसले साहित्य साहित्य हैन भन्थ्यो
आज उसैको सम्मान भै रहेछ
कहाँ छ आन्दोलनको उपलब्धी
व्यर्थै मान्छेको बलिदान भै रहेछ
कुकुरलाई घ्यू पच्दैन भन्थे
चर्चामा यही उखान भै रहेछ
गल्ती नदेख्ने र नसुन्ने गर्छ
यो दुनियाँ अन्जान भै रहेछ
Monday, September 27, 2010
Subscribe to:
Posts (Atom)