Skip to main content

Posts

Showing posts from 2020

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

कविताः मान्छे ll कपिल अन्जान

  कविताः मान्छे क्रान्तिको श्रृंखलाबाट ब्यूँझिएँपछि उनीहरूले देखेका हुन् –टोपी खस्ने अग्ला हिमालहरू –च्यादर बिछ्याएजस्ता खेतहरू –रोवर्टभन्दा मेहनती मान्छेहरू तिमीलाई थाहा छैन भने यो उनीहरूको पनि देश हो  उनीहरू पनि हुन् यो देशका योद्धा  छाती तन्काएर एक्लै उभिन सक्छन्–सीमानामा उनीहरू क्रान्तिको टाउकोमा हिर्काएर बनाउन सक्छन् शिरलाई घन  र, घनलाई शिर पुछ्न सक्छन्–सगरमाथाको पसिना मर्न पनि सक्छन् यो देशको लागि उनीहरूले बुझेका छन् जन्मनु र मर्नुको अर्थ  उनीहरू  सुन्दैनन्–अप्रिय कुराहरू सोच्दैनन्–पराजय देख्दैनन्–दुश्मन बोल्दैनन्–गल्ती किनकि उनीहरूको पैतालामुनि यै देशको खिया लागेको छ उनीहरूले पाएका छन् –जिब्रो –कान  –आँखा उनीहरूसँग –नसोध्नु जात –नखोज्नु धर्म –नहेर्नु आस्था किनकि मुगलान पुगेको उनीहरूको मन यै माटोमा फर्काएका छन् र, बोकेका छन् क्रान्तिको आगो नछाउनू तालु च्यातिने गरी छानो नबिछ्याउनू बाटो भरी काँडा नबजाउनू विरक्त लाग्ने धुन किनकि एक हुल योद्धाहरू आज पिठ्युँमा देश बोकेर हिँडेका छन् उनीहरूलाई थाहा छ देश भन्दा ठूलो केही हुँदैन । कपिल अन्जान

श्रमिकको पक्षमा नेपाली गजल ll

गजलमा श्रमिक गृहपृष्ठ   गजलमा श्रमिक श्रमिकको पक्षमा नेपाली गजल कपिल अन्जान शनिबार, असोज २४, २०७७ 265 Shares तिम्रो  साम्राज्यको एउटा गरिब मजदुर हुँ मेरो सपनामा महल होइन मुलुक आउँछ । पेसाले म एक खेताला हुँ । मेरो बुझाइमा, यसको पर्यायवाची भनेकै एक मजदुर हो या एक श्रमिक । मैले गर्दै आएको पत्रकारिताले मलाई सन्तोष त दिएको छ । तर मजदुरबाट मालिक बनाउने बाटोमा लैजान भने सकेको छैन । धन्न ‘सेर’सँगको पौँठेजोरी हुँदैनथ्यो भने यो श्रमिकको के नै पो अस्तित्व हुन्थ्यो र ! मलाई ‘सेर’ शब्द सुन्दा मात्रै पनि बडो गजब लाग्छ । लाग्छ, मैले लेख्दै आएको गजलले बडेमानको सम्मान पाएको छ । र, यो पनि लाग्छ कि– एक मजदुरको पक्षमा पनि कतै वकालत भइरहेको छ ।  समग्रमा हेर्ने हो भने नेपाली गजल परम्परा विकासको त्यति लामो इतिहास छैन । जति लेखिनुपर्नेे या जति आउनुपर्ने थियो त्यति आएको छैन । यदि आउँथ्यो भने के सबैका गजल जीवन्त हुन्थे त ? यो कुरा पनि सोचनीय छ नै ।  बेलाबेला गजलसम्बन्धि बहस र समालोचना भइ नै रहेका छन् । यद्यपि आउनुपर्ने गजल कतै अल्मल्लिए कि भन्ने लाग्छ । र, यस्तो पनि लाग्छ– हामीले पनि त्यस्ता ल्याउनैपर्ने गजललाई
एक शेर उसले अझै पनि जित्ने सपना देखिरहन्छ भित्रैदेखि उसलाई कसैले हराउन सकेन

गजल ll आफ्नै नाममा बनायो आकाशको लालपुर्जा

गजल अञ्जान एकदिन यो ठाउँमा आउनेछ यी विभेदका पर्खालहरु भत्काउनेछ बाबूले घरमा हतियार राखि दिएपछि छोरो कतिञ्जेल दुनियाँसँग डराउनेछ आज पनि हत्यारा प्रमाणित भएको छ भोलि पनि ऊ सपना देखेर चिच्याउनेछ आफ्नै नाममा बनायो आकाशको लालपुर्जा हेरौं, अब बाहिर को–को डुल्न पाउनेछ © कपिल अन्जान

गजल ll माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु

गजल आज आकाश भन्दा पनि अग्ला इमारत भए तैपनि यी मान्छेहरु कहाँ हिफाजत भए ?  माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु आँगनसम्म आउनु यदि मनमा सराफत भए मृत्युको बदला मृत्यु फैसला सुनाइ सक्यो अब केही हुनेवाला छैन कुनै करामत भए तुफान निकै लामो सफरबाट आएको छ सुस्ताउने छ, तिम्रो सहरमा इजाजत भए © कपिल अन्जान

गजल ll आफ्नो त यार हरेक चिजहरु बेसुरा छन्

गजल मैले सोचें तिम्रा हरेक वाक्यहरु छुरा छन् तिमीले सोच्नु मैले सुनाउने धेरै कुरा छन् सरकार यहाँ भौतारिनेहरुको कमि छैन तिमीले बनाएका गल्लीहरु साँघुरा छन् उसँग नभएका उसका ती बुवाआमा हुन् ऊ भन्छ मेरो परिवारका सदस्य पुरा छन् किन यस्तो संस्कार सिकिरहेछौं हामीहरु आज यो सहरका धेरै मान्छेहरु टुहरा छन् साथी तिम्रो जिन्दगी त लयमा बगेको छ आफ्नो त यार हरेक चिजहरु बेसुरा छन् © कपिल अन्जान

गजल ll म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ?

गजल आफ्नै छायाँले पनि साथ हरदम छोड्यो यहि मजबुरीमा पैतालाले कदम छोड्यो यो समयले जिन्दगीभर निहुरिन सिकायो आफुले भने सधैं म माथि अहम् छोड्यो म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? मेरा आफन्तलाई लुट्यो र एल्बम छोड्यो त्यो दार्शनिक व्यवहारले बूढो भएकोथ्यो किन हतियार समायो, किन कलम छोड्यो © कपिल अन्जान

कविता-"बयान"

शीर्षक– बयान इजलासमा मलाई मेरै कविताहरूमाथि हात राखेर कसम खुवाइयोस् । श्रीमान् चुप लाग्नु भनेको सहनु हुँदै होइन यहाँ बिना बहस च्यातिदिएका छन् मैले राता अक्षरमा लेखेका मेरा राता कविताहरू । यदि, रातोको विषयमा नबोल्ने हो भने किन रातो हुन्छ सूर्य ? किन रातो हुन्छ रगत ? किन रातै बनाइयो झण्डा ? सम्झना छ मेरो आङ ढाक्ने च्यात्तिएको भोटो सँगै मैले देखेको मेरो बालक सपना त्यो पनि त रातै थियो । हिँड्ने बेलामा बैनीले मेरो निधारमा टाँसिदिएकी थिइन्– रातो कनिका । मैले अझै बिर्सिएको छैन मेरी आमाको सिउँदो पनि त रातै थियो । श्रीमान् किन सबै राताहरू नै बढी खतरा हुन्छन् ? –आगो –फूल –सिन्दूर –हस्ताक्षर – र लाजपुर्जा । श्रीमान् मेरो यो बयान सेतोको समर्थनमा भने हुँदै होइन यो रङ्गिन इजलासमा बहस गरियोस् किन सादा छ ? मेरी आमाको अनुहार सगरमाथाको रङ यी मान्छेहरूको मन र, मेरो देश । –कपिल अञ्जान कोहलपुर,  बाँके

गजल ll यहाँ भगवानको पनि घर भत्किएको छ

गजल उसले जतिचोटी आफैलाई बिर्सिएको छ त्यति नै चोटी यो देशलाई सम्झिएको छ सरकार मुर्दालाई कानुन पढाइरहेको छ यस्तो देखेर अपराधी पनि तर्सिएको छ तिमी फलामको भित्ताले सुरक्षित हुँदैनौं यहाँ भगवानको पनि घर भत्किएको छ ऊ हतियार बोकेर मैदानमा गएको थियो साथमा दुश्मनलाई ल्याएर फर्किएको छ © कपिल अन्जान

गजल ll भन म तिम्रो सहरमा नआए के हुन्छ ?

गजल तिमीले नजरहरुमा कसि लगाए के हुन्छ त्यसपछि म यो सहरबाट हराए के हुन्छ ? अभाव बोकेर दिनहुँ मन्दिर धाईरहेका छौ भगवान पनि त झुपडीमा आए के हुन्छ ? आकाशले आफुलाई हेर्नै पाएको छैन यो धर्तिमा ऐनाहरु विछ्याए के हुन्छ ? तिमी नआए सबथोक ओइलिन्छ यता भन म तिम्रो सहरमा नआए के हुन्छ ? © कपिल अन्जान

गजल ll यसकारण मैले मृत्यु पनि स्वीकार गरेथें

मैले जानेको छैन आजसम्म भरिने कला न तिम्ले जान्यौ कसैलाई केहि दिने कला खुट्टाभन्दा पनि त ठूलो कुरा हौसला हो ए साथी मसँग अझै बाँकी छ उभिने कला सधैं बाढि जस्तो हुँदैन पसिना र आँशु पानीले पनि जान्यो जीवनसँग मिसिने कला यसकारण मैले मृत्यु पनि स्वीकार गरेथें निकै घातक रहेछ प्रहारपछि गरिने कला © कपिल अन्जान

गजल ll त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ

गजल सरकार महङ्गो वस्तुको मात्रै व्यापार गर्छ यता भोकमरीले भने हाम्रो पेटमा प्रहार गर्छ कसैबाट यति नराम्रोसँग धोका पाएको हो त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ पहिला जन्माउँछ आफै, पछि मार्छ आफै यो प्रकृतिले पनि किन यस्तो व्यवहार गर्छ मानेले पनि घुमाउन सकेन उसको जिन्दगी आजकाल ऊ बली चढ्नलाई हतार गर्छ © कपिल अन्जान

गजल ll युद्धमा बाँचेको मान्छे घरमा कसरी मारियो !

लासहरुलाई रंगिन तरिकाले सिंगारियो त्यसपछि गोहीको जस्तै आँशु झारियो आउनुुस् सबथोक छानबिन गरेर जानुस् युद्धमा बाँचेको मान्छे घरमा कसरी मारियो ! त्यसपछि उसलाई पाउमा लगेर राखिनेछ निकै मेहनतले जसलाई शिरबाट उतारियो भन्न त उसले यो पहिलो अनुभव हो भन्यो जो मैदानमा अन्तिम पटक पनि पछारियो © कपिल अन्जान

गजल ll केहि रात उसलाई भुलाएर जा

यसरी नै यो जिन्दगी जीउन कठिन छ गरिबी पनि पेटमा आएर चुनौति दिन्छ ए रात, केहि रात उसलाई भुलाएर जा मैले हेर्नुछ उसको चमक कस्तो देखिन्छ सम्बन्ध नै हुन् उसका ती बैशाखीहरु बैशाखी फालेर ऊ कहाँसम्म दौडिन्छ आकाश र ऐना जस्तै हो आमाको मन न हिजो बदलियो न भोलि नै बदलिन्छ तिमीलाई पछ्याउने तिम्रो छायाँ मात्रै हो ऊ तिमीसँगै जान्छ, तिमीसँगै रोकिन्छ © कपिल अन्जान

गजल ll कसरी सुरक्षित होलान् भोलि समाधि पनि

भयानक भयो आफैसँगको आजादी पनि बरु सहजै लिन सकें आफ्नै वर्वादी पनि केहि भ्रमहरुलाई यसरी सम्बोधन गरिरहें केबल तिमी हौ मेरो अन्त्य पनि आदि पनि आज यहाँ शालिकहरुमाथि प्रहार भएको छ कसरी सुरक्षित होलान् भोलि समाधि पनि ! ए अन्जान यो युगमा एक मान्छे जन्मेन केहि काम छैन यति धेरै यो आवादी पनि © कपिल अन्जान