Skip to main content

Posts

Showing posts from July, 2020

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll आफ्नो त यार हरेक चिजहरु बेसुरा छन्

गजल मैले सोचें तिम्रा हरेक वाक्यहरु छुरा छन् तिमीले सोच्नु मैले सुनाउने धेरै कुरा छन् सरकार यहाँ भौतारिनेहरुको कमि छैन तिमीले बनाएका गल्लीहरु साँघुरा छन् उसँग नभएका उसका ती बुवाआमा हुन् ऊ भन्छ मेरो परिवारका सदस्य पुरा छन् किन यस्तो संस्कार सिकिरहेछौं हामीहरु आज यो सहरका धेरै मान्छेहरु टुहरा छन् साथी तिम्रो जिन्दगी त लयमा बगेको छ आफ्नो त यार हरेक चिजहरु बेसुरा छन् © कपिल अन्जान

गजल ll म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ?

गजल आफ्नै छायाँले पनि साथ हरदम छोड्यो यहि मजबुरीमा पैतालाले कदम छोड्यो यो समयले जिन्दगीभर निहुरिन सिकायो आफुले भने सधैं म माथि अहम् छोड्यो म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? मेरा आफन्तलाई लुट्यो र एल्बम छोड्यो त्यो दार्शनिक व्यवहारले बूढो भएकोथ्यो किन हतियार समायो, किन कलम छोड्यो © कपिल अन्जान

कविता-"बयान"

शीर्षक– बयान इजलासमा मलाई मेरै कविताहरूमाथि हात राखेर कसम खुवाइयोस् । श्रीमान् चुप लाग्नु भनेको सहनु हुँदै होइन यहाँ बिना बहस च्यातिदिएका छन् मैले राता अक्षरमा लेखेका मेरा राता कविताहरू । यदि, रातोको विषयमा नबोल्ने हो भने किन रातो हुन्छ सूर्य ? किन रातो हुन्छ रगत ? किन रातै बनाइयो झण्डा ? सम्झना छ मेरो आङ ढाक्ने च्यात्तिएको भोटो सँगै मैले देखेको मेरो बालक सपना त्यो पनि त रातै थियो । हिँड्ने बेलामा बैनीले मेरो निधारमा टाँसिदिएकी थिइन्– रातो कनिका । मैले अझै बिर्सिएको छैन मेरी आमाको सिउँदो पनि त रातै थियो । श्रीमान् किन सबै राताहरू नै बढी खतरा हुन्छन् ? –आगो –फूल –सिन्दूर –हस्ताक्षर – र लाजपुर्जा । श्रीमान् मेरो यो बयान सेतोको समर्थनमा भने हुँदै होइन यो रङ्गिन इजलासमा बहस गरियोस् किन सादा छ ? मेरी आमाको अनुहार सगरमाथाको रङ यी मान्छेहरूको मन र, मेरो देश । –कपिल अञ्जान कोहलपुर,  बाँके