Skip to main content

Posts

Showing posts from August, 2009

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

थाहै भएन

माया गरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन कति धेरै सपना देखेथेँ कति कुरा मनमा लेखेथेँ सिउँदो भरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन तिम्रो छेउमा आउँछु भनी चोखो माया लाउँछु भनी वचन सरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन तिम्रो तस्वीर छोइरहन्छु हरेक राती रोइरहन्छु आँसु झरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन