विजया दशमी, शुभदीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । कपिल अन्जान कोहलपुर, बाँके
अरुको आडमा उफ्री रहेछौं तछाड मछाडमा उफ्री रहेछौं बन्छौ कसरी स्वाभिमानी कसैको ढाडमा उफ्री रहेछौं जिन्दगी के हो जान्दा जान्दै किन कवाडमा उफ्री रहेछौं तराई कस्तो छ आएर हेर त्यसै पहाडमा उफ्री रहेछौं देशको माया छ नशा भन्छौ हाड हाडमा उफ्री रहेछौं