Skip to main content

Posts

Showing posts from January, 2010

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

नआउन सक्छ

अदभुत नआउन सक्छ देवदुत नआउन सक्छ आउला मेलम्ची आउला तर विद्युत नआउन सक्छ सारा देश टुकि्र सक्यो एकजुट नआउन सक्छ कसरी मेरो बयान लियौ त्यस्तो सबुत नआउन सक्छ कलियुगमा समुन्द्र मथेँ कालकुट नआउन सक्छ

भार थेग्न सकिन्न...

अब भार थेग्न सकिन्न यस्तो विजोग देख्न सकिन्न आकाशमा बस मान्छेहरु धर्तीमा खुट्टा टेक्न सकिन्न चाल्नोमा पानी अडाए जस्तै हातले सूर्य छेक्न सकिन्न दुःखको पनि सीमा हुन्छ मात्र दुःख खेप्न सकिन्न साहित्य राजनीति हो भने एकदिन गजल लेख्न सकिन्न

लाज मान

युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान

बुढापाकाले भन्ने गर्थे

बुढापाकाले भन्ने गर्थे मेरा काकाले भन्ने गर्थे मान्छेको जीन्दगी खरानी रै'छ मलामी गा'काले भन्ने गर्थे पिउनुको मज्जा अर्कै हुन्छ पिएर आ'काले भन्ने गर्थे थोरै चोर्नु नि चोर्नु हो चोर डाँकाले भन्ने गर्थे माया गर्छु म तिमीलाई तिम्रा आँखाले भन्ने गर्थे