Skip to main content

Posts

Showing posts from 2009
  कोहलपुरमा पाक्दै गरेको धान पश्चिम नेपालको कोहलपुर धेरै सम्भावनाले अगाडी बढ्दै गरेको सहर हो । यहाँ उर्वर खेतीयोग्य जमीन छ । कोहलपुरमा खेतीयोग्य जमिन, सिँचाइको सम्भावना र धानखेतीका लागि उपयुक्त भूगोल भएकाले धान उत्पादनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने सम्भावना छ । किसानले विगतमा उत्पादनको उचित मूल्य नपाउने समस्या भोगे पनि अहिले बजार, प्रविधि र पूर्वाधारसँग जोडेर सम्भावना बढाउन सकिन्छ । कोहलपुरमा धानखेतीका सम्भावना - खेतीयोग्य जमिनको उपलब्धता - धान उत्पादनका लागि अनुकूल वातावरण - सिँचाइको विस्तारको सम्भावना - आयोजनाका नहर तथा शाखा - उत्पादन बढाउन सकिने अवस्था - स्थानीय रोजगारीको आधार - धानसँगै अन्य बालीको सम्भावना - कृषि उद्यमको सम्भावना - स्थानीय बजारको सम्भावना - किसान समूह तथा सहकारीमार्फत बजारीकरण - स्थानीय पहिचानको उत्पादन बनाउन सकिने कोहलपुरमा धानखेतीका मुख्य समस्या - उत्पादनको उचित मूल्य नपाउने समस्या - बिचौलियामा निर्भरता - कटानीका समयमा मूल्य घट्ने समस्या - सिँचाइको पूर्ण पहुँच नहुनु - कृषि लागत बढ्नु - रासायनिक मलको अभाव वा समयमा उपलब्ध नहुनु - उन्नत बीउ र प्राविधिक ज्...

इतिहास छ रे

मेरो बाजेको इतिहास छ रे रुँदै हाँसेको इतिहास छ रे परदेशी हुन नगएस् भन्थे भाँडा माँझेको इतिहास छ रे गाउँमा पैसा नहुँदा खेरी सामान साटेको इतिहास छ रे पढ्ने लेख्ने त्यो उमेरमा घाँस काटेको इतिहास छ रे सुनाउनु मेरो नातीलाई भन्दै दुःखमा बाँचेको इतिहास छ रे

यो देशको नारा

बन्द हड्ताल यो देशको नारा जय नेपाल यो देशको नारा भन्छन् कृषि प्रधान देश हो अनिकाल यो देशको नारा कसरी आउँछन गौतम बुद्ध संकटकाल यो देशको नारा बेरोजगारी हड्छ हड्छ हेरक साल यो देशको नारा जो सत्तामा पुगे पनि त आलटाल यो देशको नारा

पैसा लाग्दैन...

सोच्न पैसा लाग्दैन खोक्न पैसा लाग्दैन समयलाई रोकेर देखाउ रोक्न पैसा लाग्दैन नफाल्नु पीरको भारी बोक्न पैसा लाग्दैन दुःख गजलमा पोख पोख्न पैसा लाग्दैन गरेको कर्मको फल भोग्न पैसा लाग्दैन

सबै सिकाए

मलाई मेरा बाले सबै सिकाए हुर्काए अनि पाले सबै सिकाए पढेर ठूलो भएस् भन्थे मलाई स्कूलमा पनि हाले सबै सिकाए दुनियाँ स्वार्थी छ बाँच्न जानेस् यस्तै सिकाउन थाले सबै सिकाए भन्थे पहिचान छैन खोजेस् तेरो नाम हो काले सबै सिकाए यो माटोलाई केही गर्नु छ तैले दाइ भाइ आमाले सबै सिकाए

डर लाग्यो......

गरिस् उजुरी डर लाग्यो देखाईस् खुकुरी डर लाग्यो रगतमा समानता छैन छैन सिन्दुरी डर लाग्यो को पहाडी को मधेशी हो नहान छुरी डर लाग्यो तेरो अगाडि झुक्न पनी लाग्यो मजबुरी डर लाग्यो मलाई नमारी शान्त हुन्नस् मार निष्ठुरी डर लाग्यो

राखेर पनि हेरे

ढुङ्गा मुटुमाथी राखेर पनि हेरे अचानोमा यो छाती राखेर पनि हेरे जीन्दगी बदल्न मैले के गरिन र मन्दिरमा फूलपाती राखेर पनि हेरे तेरो पुर्खाको इतिहास खै के छ भन्थे छेउ छेउमा किँराती राखेर पनि हेरे मलाई देख्नेले मान्छे होइनस् भन्थे अनेक अनेक प्रजाती राखेर पनि हेरे कसैले पागल भन्थे कसैले गजलकार तिमीहरु जस्तै साथी राखेर पनि हेरे

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

थाहै भएन

माया गरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन कति धेरै सपना देखेथेँ कति कुरा मनमा लेखेथेँ सिउँदो भरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन तिम्रो छेउमा आउँछु भनी चोखो माया लाउँछु भनी वचन सरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन तिम्रो तस्वीर छोइरहन्छु हरेक राती रोइरहन्छु आँसु झरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन

गजल लेख्न छोडिसके

अस्तिबाट गजल लेख्न छोडिसके मैले मस्तिबाट गजल लेख्न छोडिसके मैले चलाउन गाह्रो भयो उस्तै छ त्यो घर गृहस्थीबाट गजल लेख्न छोडिसके मैले आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे दोस्तीबाट गजल लेख्न छोडिसके मैले पारेदेखि दुनियाँले त्यो नजरबन्दमा गस्तिबाट गजल लेख्न छोडिसके मैले छैन मेरो पहिचान गाउँलेहरुलाई सोध बस्तीबाट गजल लेख्न छोडिसके मैले

घाम लागिसक्यो

खै उठेको डाँडामाथि घाम लागिसक्यो हेर फूल काँडामाथि घाम लागिसक्यो कतिसम्म अल्छी बन्छौ राति माभुनुपर्ने खाएका ती भाँडामाथि घाम लागिसक्यो गैरीखेतको सबै मेलो सिध्याउने होला बिस्तारै झन् टाढा माथि घाम लागिसक्यो डोको, नाम्लो समात्नलाई कम्मर कस अब बस्तुभाउ पाडामाथि घाम लागिसक्यो भन्दैछु म तिमीलाई अब अन्तिम पटक उदाएर टाढा माथि घाम लागिसक्यो

छापामारको छोरो

देशको निम्ति लड्छु भन्छ छापामारको छोरो अझै शिखर चढ्छु भन्छ छापामारको छोरो कुन कारणले मेरो पुर्खा जङ्गल गएको त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो हात हतियार बम गोली समाउन देऊ सिमानातिर बढ्छु भन्छ छापामारको छोरो दुश्मन को हुन् सिकाउनु त्यही छातीमाथि शूल बनेर गढ्छु भन्छ छापामारको छोरो बिन्ती मेरो क्रान्तिलाई कुण्ठित नपारिदेऊ नत्र त्यसै म सड्छु भन्छ छापामारको छोरो

के छ त हुकुम

अब के छ त हुकुम महारानी उस्तै छ रोल्पा र रुकुम महारानी मानव भएर खाएँ थालमै चुठायौ कसरी म त्यही थुकुम् महारानी हुन त वीर नेपालीको छोरो म त को कस्को अघि झुकुम् महारानी कुकुर भन्यौ ठीक छ बफादार भएँ दैलोमा कतिन्जेल ढुकुम् महारानी वास्तविकता सब छर्लङ्ग भएपिछ पर्दा पछाडि किन लुकुम् महारानी छानो सल्काएर हाँस्छन् मान्छेहरु कसरी जलेर म दुखुम् महारानी

कुन गजल सुनाउँ

मैले सोझो अर्थमा कुन गजल सुनाउँ भन कुनै शर्तमा कुन गजल सुनाउँ मिले जस्तै गरेको तिमीलाई सुहाउने दुःख पीडा दर्दमा कुन गजल सुनाउँ व्यापारी हुँ गजलको पसल थापॆको छु मुनाफा र खर्चमा कुन गजल सुनाउँ कत्ति भूल गरे हुँला कत्ति गल्ति गरे हुँला तिमीलाई यो वर्षमा कुन गजल सुनाउँ एक एक छानी गजल सुनाउन सक्ने आँट छ यो मर्दमा कुन गजल सुनाउँ