Skip to main content

Posts

Showing posts from May, 2009

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

के छ त हुकुम

अब के छ त हुकुम महारानी उस्तै छ रोल्पा र रुकुम महारानी मानव भएर खाएँ थालमै चुठायौ कसरी म त्यही थुकुम् महारानी हुन त वीर नेपालीको छोरो म त को कस्को अघि झुकुम् महारानी कुकुर भन्यौ ठीक छ बफादार भएँ दैलोमा कतिन्जेल ढुकुम् महारानी वास्तविकता सब छर्लङ्ग भएपिछ पर्दा पछाडि किन लुकुम् महारानी छानो सल्काएर हाँस्छन् मान्छेहरु कसरी जलेर म दुखुम् महारानी

कुन गजल सुनाउँ

मैले सोझो अर्थमा कुन गजल सुनाउँ भन कुनै शर्तमा कुन गजल सुनाउँ मिले जस्तै गरेको तिमीलाई सुहाउने दुःख पीडा दर्दमा कुन गजल सुनाउँ व्यापारी हुँ गजलको पसल थापॆको छु मुनाफा र खर्चमा कुन गजल सुनाउँ कत्ति भूल गरे हुँला कत्ति गल्ति गरे हुँला तिमीलाई यो वर्षमा कुन गजल सुनाउँ एक एक छानी गजल सुनाउन सक्ने आँट छ यो मर्दमा कुन गजल सुनाउँ