Skip to main content

Posts

Showing posts from June, 2009

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल लेख्न छोडिसके

अस्तिबाट गजल लेख्न छोडिसके मैले मस्तिबाट गजल लेख्न छोडिसके मैले चलाउन गाह्रो भयो उस्तै छ त्यो घर गृहस्थीबाट गजल लेख्न छोडिसके मैले आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे दोस्तीबाट गजल लेख्न छोडिसके मैले पारेदेखि दुनियाँले त्यो नजरबन्दमा गस्तिबाट गजल लेख्न छोडिसके मैले छैन मेरो पहिचान गाउँलेहरुलाई सोध बस्तीबाट गजल लेख्न छोडिसके मैले

घाम लागिसक्यो

खै उठेको डाँडामाथि घाम लागिसक्यो हेर फूल काँडामाथि घाम लागिसक्यो कतिसम्म अल्छी बन्छौ राति माभुनुपर्ने खाएका ती भाँडामाथि घाम लागिसक्यो गैरीखेतको सबै मेलो सिध्याउने होला बिस्तारै झन् टाढा माथि घाम लागिसक्यो डोको, नाम्लो समात्नलाई कम्मर कस अब बस्तुभाउ पाडामाथि घाम लागिसक्यो भन्दैछु म तिमीलाई अब अन्तिम पटक उदाएर टाढा माथि घाम लागिसक्यो

छापामारको छोरो

देशको निम्ति लड्छु भन्छ छापामारको छोरो अझै शिखर चढ्छु भन्छ छापामारको छोरो कुन कारणले मेरो पुर्खा जङ्गल गएको त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो हात हतियार बम गोली समाउन देऊ सिमानातिर बढ्छु भन्छ छापामारको छोरो दुश्मन को हुन् सिकाउनु त्यही छातीमाथि शूल बनेर गढ्छु भन्छ छापामारको छोरो बिन्ती मेरो क्रान्तिलाई कुण्ठित नपारिदेऊ नत्र त्यसै म सड्छु भन्छ छापामारको छोरो