गजल ll आफ्नै नाममा बनायो आकाशको लालपुर्जा August 09, 2020 गजल अञ्जान एकदिन यो ठाउँमा आउनेछ यी विभेदका पर्खालहरु भत्काउनेछ बाबूले घरमा हतियार राखि दिएपछि छोरो कतिञ्जेल दुनियाँसँग डराउनेछ आज पनि हत्यारा प्रमाणित भएको छ भोलि पनि ऊ सपना देखेर चिच्याउनेछ आफ्नै नाममा बनायो आकाशको लालपुर्जा हेरौं, अब बाहिर को–को डुल्न पाउनेछ © कपिल अन्जान Read more
गजल ll माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु August 02, 2020 गजल आज आकाश भन्दा पनि अग्ला इमारत भए तैपनि यी मान्छेहरु कहाँ हिफाजत भए ? माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु आँगनसम्म आउनु यदि मनमा सराफत भए मृत्युको बदला मृत्यु फैसला सुनाइ सक्यो अब केही हुनेवाला छैन कुनै करामत भए तुफान निकै लामो सफरबाट आएको छ सुस्ताउने छ, तिम्रो सहरमा इजाजत भए © कपिल अन्जान Read more