Skip to main content
  कोहलपुरमा पाक्दै गरेको धान पश्चिम नेपालको कोहलपुर धेरै सम्भावनाले अगाडी बढ्दै गरेको सहर हो । यहाँ उर्वर खेतीयोग्य जमीन छ । कोहलपुरमा खेतीयोग्य जमिन, सिँचाइको सम्भावना र धानखेतीका लागि उपयुक्त भूगोल भएकाले धान उत्पादनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने सम्भावना छ । किसानले विगतमा उत्पादनको उचित मूल्य नपाउने समस्या भोगे पनि अहिले बजार, प्रविधि र पूर्वाधारसँग जोडेर सम्भावना बढाउन सकिन्छ । कोहलपुरमा धानखेतीका सम्भावना - खेतीयोग्य जमिनको उपलब्धता - धान उत्पादनका लागि अनुकूल वातावरण - सिँचाइको विस्तारको सम्भावना - आयोजनाका नहर तथा शाखा - उत्पादन बढाउन सकिने अवस्था - स्थानीय रोजगारीको आधार - धानसँगै अन्य बालीको सम्भावना - कृषि उद्यमको सम्भावना - स्थानीय बजारको सम्भावना - किसान समूह तथा सहकारीमार्फत बजारीकरण - स्थानीय पहिचानको उत्पादन बनाउन सकिने कोहलपुरमा धानखेतीका मुख्य समस्या - उत्पादनको उचित मूल्य नपाउने समस्या - बिचौलियामा निर्भरता - कटानीका समयमा मूल्य घट्ने समस्या - सिँचाइको पूर्ण पहुँच नहुनु - कृषि लागत बढ्नु - रासायनिक मलको अभाव वा समयमा उपलब्ध नहुनु - उन्नत बीउ र प्राविधिक ज्...

म किन सम्झिरहन्छु तिमीलाई !

म किन सम्झि रहन्छु तिमीलाई !

म किन सम्झिरहन्छु तिमीलाई !

भदौ २६, २०७८ 0  By कपिल अन्जान


मान्छे के कुराले सुन्दर देखिन्छ होला ? अनुहार, रूपरंग, पहिरन, बोलीचाली या व्यवहार ! हुन त सबैको हेर्ने नजरमा फरक पर्छ नै । जबदेखि अरूका कविता पढ्न थाले, त्यसपछि पात, डाँठ, काँडा र जरासँग पनि प्रेम बस्यो । फूल त आफैमा फूल नै हो । त्यो त सबैको रोजाइमा पर्छ । लाग्छ, जिन्दगी एउटा फूलैफूलले सजिएको बगैंचा पनि हो । त्यस्तो बगैंचा जसमा सबैको आफ्नै अस्तित्व हुन्छ । यहाँ नफेरिने केहि छैन । दिन, बार, ऋतु हुँदै बिस्तारै निश्चित समयपछि सबैथोक फेरिन्छ । सबथोक बदलिन्छ ।

मानिसहरू बडेमानको उपहार दिन्छन् । उपहार भनेको याद पनि हो । म त उपहार लिन मात्रै जान्दछु, दिन जान्दिन । जस्तो कि, कसैबाट राम्रो कुरा लिएँ भने त्यो कदापि फिर्ता गर्न मन लाग्दैन । आफैसँग राखिरहुँ भन्ने लाग्छ । तर आफुले राम्रो कुरा दिनु नपरोस् भन्ने नि लाग्छ । तर बोली र हाँसो हो भने त्यो त जति लगे नि आजसम्म कमि भएकै छैन । त्यसलाई पनि के उपहार भन्नु भन्ने लाग्छ ।

काठमाडौंको करिब ३ वर्षको बसाई छोडेर आएपछि फेरी काठमाडौंमै गएर भिडियो/फोटो खिच्न जाने खबर आयो । यसपटक जानुमा केही खास अर्थ होला भन्ने चैं लागेको थियो । त्यहाँ जाने कुराले एकातिर त्यहाँका साहित्यानुरागीहरूसँग भेट हुने साहित्यिक स्वार्थ थियो भने अर्कोतिर पेट पाल्ने व्यवसायिक माध्यम । मुख्य मिसन थियो बेल्जियमकी राजकुमारी, उनका श्रीमान् र भ्रमणदलका सदस्यहरूसँग अगाडि पछाडि लाग्नु पर्ने काम । उनीहरूको यात्रालाई सुरक्षित सजाउने माध्यम नै फोटो र भिडियो थियो । जसका लागि म जानु पर्ने थियो ।

राजकुमारी आउनु दुई दिन अघि (वि.सं. २०७६ माघ २ गते) म राजधानी हान्निए । बेल्जियमका रोयल फेमिलीका मान्छे आउँदैछन् भन्ने मात्रै जानकारी थियो । आयोजकहरू भन्दै थिए वर्षौपछि यस्तो भ्रमण हुँदैछ । खबरले म पनि उत्सुक थिएँ । आयोजकहरूले भन्दै थिए, ‘सबै कोड मिलाउनु पर्छ ।’ सोचें, कस्तो कोड मिलाउने होला ! काम, ड्रेस, शिष्टाचार या अरू । क्यामेराको झोला बोकेर हिड्नुभन्दा अरू के थोक होला र मिलाउनु पर्ने । तैपनि आयोजकहरूले भने अनुसार नै गर्नु भनेर अफिसबाट निर्देशन थियो । सोचें आगे मिलाउँदै जाउँला । कोही त होला मिलाउन सघाउने ।

राजकुमारीलाई स्वगत । तस्वीर: लेखकबाट

जाडोको महिना । तराईको मन चिसो पार्ने सिरेटो । जाडोमा बरफ र गर्मिमा आगो बाकेर हिड्नु पर्ने । यसलाई तराइबासीको बाध्यता, नियति भनौं या दिनचर्या । चाहे जेसुकै होस्, यो अवस्थाबारे सबै जानकार नै छन् । त्यसमा जाडोमा पनि मुटु नै हल्लाउने चिसो । चिसोको कुरा गर्ने हो भने फेरी पनि मुटु नै चिसो भएर काप्छ । अझ पुस, माघमा आकाश रोयो भने त बर्वाद । सबै खत्तम नै पार्छ । सोच्नै पनि नसकिने । सबैको विचल्ली नै हुन्छ ।

कतै बाहिरी जिल्लामा क्यामेरा लिएर जानु भनेको मेरो लागि जहिल्यै हतारो नै हुन्छ । अफिसको काम अस्तव्यस्त । त्यसमा पनि सबै काम मिलाएर जानु पर्ने । धुम्म परेको आकाश । जाडोमा घाम देख्न पाइयो भने त युद्ध जिते झैं लाग्ने । त्यो दिन साँझको प्लेन टिकट थियो, नेपालगंजदेखि काठमाण्डौसम्मको । एयरपोर्ट पुग्न आधा घण्टा अघिदेखि नै राजधानी बसाईमा आवश्यक पर्ने सबै कुराको प्याकिङ गरिसकेको थिएँ । यो जिन्दगी, झोला बोक्नुभन्दा माथि उठ्न सकने भन्ने पनि लाग्छ । अथवा मैले पनि त्यो अवस्थालाई परिमार्जन गर्नै चाहिन । मेरो रहर भनेकै बोक्नु नै भयो, दुख, पीर या झोला । अथवा झोले जिन्दगी । यै जिन्दगीको मजामा म कतै हराईरहें ।

खाली खुट्टै दौडिएको मजा अहिले जुत्ता, चप्पलले बिर्सायो । नत्र कोहलपुर–नेपालगंजको बाटोमा कुन रूख कहाँ आउँछ भन्ने यकिन छ । अथवा त्यो आत्मविश्वास पनि छ कण्ठस्थ छ भन्न सक्ने । यहाँको माटोले मेरो पदचाप पनि थाहा पाउँछ होला । यसै बिचमा एउटा याद बनेर बस्ने अवसर पायो जीवनमै पहिलो पटकको पट्यार लाग्दो १२ किलोमिटरको यात्रा । पसिनाले शरीरमा लगाएको लुगा भिज्ने घामको तातो राप र आगो लिएरै हिँडे पनि आँत काप्ने चिसोको सामना गरिसकेकै हो । यस्ता कैयन उदाहरणको साँक्षी हो यो शरीर ।

सम्झिदा पनि किन सम्झिऊँ भन्ने लाग्ने । कोहलपुरदेखि राँझा एटरपोर्टसम्मको रिस उठ्दो यात्रा । एयरपोर्टबाट बारम्बार फोन आइरहेको थियो । समयमै आउनु भनेर । यताबाट पनि समयमै पुग्छु भनेर यात्रा सुरु गरें । अफिसकै एकजान भाइलाई बाइकमा छोड्नु भनें । उसै त चिसो नै थियो त्यो पनि चिसोयाम बाइकको यात्रा । पार्वतीपुर पुग्दा निकै ठूलो पानी बर्सियो । प्लेन छुटिहाल्छ कि भन्ने डर एकातिर थियो । अर्कोतिर जाडोमा परेको पानीमा भिजेर जानै मन नलाग्ने । तैपनि पानी रोकिएला भन्ने आस भने थियो नै ।

प्रत्येक पुस–माघ महिनामा तराइको चिसो सिरेटोले तन मात्रै हैन, पूरै मन नै हल्लाइदिन्छ । आच्छु–आच्छु पार्ने चिसोले बाहिर निस्किन पनि सकिँदैन । कतिसम्म भने वि.सं. २०७७ पुस–माघको जाडोले हप्ता दश दिन जति त अफिस नै बन्द गर्नु पर्ने अवस्था आयो । एकपटक त झन कोहलपुरको न्यूरोडमा रहेको वन कार्यालयमै फोन गरेर हातखुट्टा तताउनका लागि दाउरासम्म पनि माग्नु पर्‍यो । त्यो पनि किबोर्डमा समाचार टाइप गर्न र भिडियो इडिट गर्न औंलाले कामै गर्न छोडे भनेर । हाय ! हाम्रो पत्रकारिताको दुख । लाग्छ, यो यात्रा कहिलेसम्म चल्छ !

प्रतिक्षालयमा पानीमा तर्केर ओत लाग्नेहरूको बिचमै म मिसिएँ । आडमै रहेको शिव–पार्वतीको मन्दिरले पनि मेरो पुकार सुनेन । त्याँसम्म पुग्दा पनि आधा तन निथ्रुकै भिजेको थियो । आच्छु, आच्छु बनाइरहेको थियो । बडो नज्जाको अनुभव । एकातिर चिसोको सिरेटो । अर्कातिर प्लेन छुट्ला भन्ने मनमा डर । डरै–डरको बिचमा अल्झिएको म एउटा पेसेन्जर । तैपनि आधा भिजेको शरीरमै भएपनि यात्रा गरिहाल्नु पर्छ भन्ने थियो । साथमा क्यामेरा, ल्यापटप र आफ्नो लत्ताकपडाको झोला थियो । बिचमा पुगेर त्यै बाइक पनि बिग्रियो । ओत लाग्ने न घर थियो त्यहाँ, न कुनै रूख ।

भावनाजीको कल आइरहेको थियो । चिन्ता पनि हुँदो हो क्यार । म एयरपोर्ट पुगेर कल गर्छु भने, भिजेको अवस्थाबारे जानकारी गराए पिर मान्लान भन्ने लाग्यो । उता साथीको पनि कल आयो । कपिल पानी परेको छ भिज्नु पो भयो कि ? भिजियो यार शान्ताजी, कुनै दिन यहाँ वृक्षारोपण गर्छु, ओत लाग्ने रूख नै भेटिन भनुँ कि झैं लाग्यो । निथ्रुक भिजिसकेको थिएँ । पिप्रहवा पुगेपछि एउटा माइक्रो आयो । गाडिभित्र चढेपछि मैतिर हेर्नेहरूको नजर अलिक भिन्नै पाएँ । सोचे होलान्, भिजेको रैछ, कत्ति जाडो मानेको होला ।

जसोतसो एयरपोर्टमा भाइ पर्खेर बसेको थियो । ऊ र म सँगै जाँदै थियौं । धन्न ऊ भने थोरै भिजेको रैछ । म त पूरै निथ्रुक्क । शरीरमा ओभानो कुनै ठाउँ थिएन जस्तो लाग्थ्यो । भिजेकै कपडामा काठमाण्डौ पुग्नु पर्ने बाध्यता, क्यामेरा र ल्यापटप भने खै कसरी जोगियो । एउटा भिजेको ज्याकेट भने घर फर्काइदिएँ ।

Ilse सँग लेखक र बेल्जियमका पत्रकार मार्टिन ।

पत्रकारिता मेरो लागि विशुद्ध खेताला काम हो । मैले गर्ने पत्रकारितामा बेग्लै किसिमको आनन्द छ । आनन्द भन्नाले जस्तो कि कुनै किसानले फसलको रोप्नु पूर्व गर्ने योजनाको तयारी, रोपिसकेपछि फसल भित्राउने बेलासम्मको सम्पूर्ण तयारी लगायतमा जति मेहनत पर्छ, त्यस्तै खाले । मैले यो क्षेत्रको अवधिमा निकै फरक–फरक अनुभूति संगालेको छु । कहिले भीरपाखा, कहिले खोल्सा, बनजंगल, कहिले शान्त वातारण, कहिले कानै फुट्ने कर्कस ध्वनी । हुँदा–हुँदा केहि यस्ता अनुभवहरु पनि छन् जो हिंसात्मक दंगा फसाद र कहिले ज्यानै जोखिममा पार्ने बाढी–पहिरो, वन्यजन्तु लगायतको डर, त्रास । घरकालाई यी कुरा बताउने हो भने भोलिबाटै यो काम छोडेर अरुथोक व्यवसाय गरौं भनिहाल्छन् । आजसम्म यी अनुभवहरू मसँगै सुरक्षित छन् । बताउन जरूरी नै ठानिन ।

रमाइलो भन्ने हो भने रमाइलो पनि छ । कामका दौरान र काम सकिएपछिको आनन्द भने मज्जाको हुन्छ । सुरू गर्नु मात्रै पर्छ कहिले, कसरी सकिन्छ भन्ने थाहै हुँदैन तर सकिन्छ । म आफैले कामलाई सुनौलो अवसरका रूपमा लिन्छु । सकेसम्म काममा न्याय दिन सकिन्छ भनेर लाग्छु । मैले हात हालेको कामले मूल्य पाओस् र त्यसको उचाइ बढोस् भन्ने नै लाग्छ ।

सोचें, राजकुमारीसँग आउने पनि राजकुमारी नै हुन्छन् । एकछिन हामीले कुराकानी गर्‍यौं । कनिकुथी बोल्ने अंग्रेजी भाषाले उसलाई कस्तो लाग्यो मैले जानिन । तर मलाई भने अप्ठ्यारो लागेन । उनी भन्थिन्, भाषा माध्यम मात्रै हो । जस्तो कि, मेरो पनि मुख्य भाषा अंग्रेजी हैन । यो कुरामा तपाई अप्ठ्यारो नमान्नु होला ।

प्रत्येक पुस–माघ महिनामा तराइको चिसो सिरेटोले तन मात्रै हैन, पूरै मन नै हल्लाइदिन्छ । आच्छु–आच्छु पार्ने चिसोले बाहिर निस्किन पनि सकिँदैन । कतिसम्म भने वि.सं. २०७७ पुस–माघको जाडोले हप्ता दश दिन जति त अफिस नै बन्द गर्नु पर्ने अवस्था आयो । एकपटक त झन कोहलपुरको न्यूरोडमा रहेको वन कार्यालयमै फोन गरेर हातखुट्टा तताउनका लागि दाउरासम्म पनि माग्नु पर्‍यो । त्यो पनि किबोर्डमा समाचार टाइप गर्न र भिडियो इडिट गर्न औंलाले कामै गर्न छोडे भनेर । हाय ! हाम्रो पत्रकारिताको दुख । लाग्छ, यो यात्रा कहिलेसम्म चल्छ !

बेल्जियमको रोयल फेमिली नेपालमा आउनु अलिक पहिला, करिब ५/६ महिनाअघि कै कुरा हो । फाउण्डेसनका डा.सुशील कोइरालाले अफिसमा नन्द सरलाई फोन गरेर जनवरी २०२० तिर एउटा प्रोजेक्टमा काम गर्नु पर्ने छ भिडियो फोटोग्राफीका लागि तपाईंहरु आउनु होला भनेका थिए । डा.कोइरालासँग नेपालगंज हुँदाताकाको पुरानै सम्बन्ध हो । उनका लागि काम गर्न निकै मजा आउँथ्यो । अझै पनि त्यो मजा कायमै छ । उनका लागि धेरै पटक ‘भोलेन्टिएर’ काम पनि गरिसकेका थियौं । र अलिक पैला उनको अभियानको एउटा भिडियो पनि बनाएका थियौं । राम्रो र सम्भावना भएकाहरुलाई झन सफलतामा पुग्न सकेसम्म सहयोग गर्नु पर्छ भन्ने हिसाबले त्यो काम गरेका थियौं । कतिपय अवस्थामा सम्बन्धमा पैसाको हिसाबकिताब भने हुँदैन । र हुनु हुँदैन भन्ने पनि लाग्छ । तर, कहिलेसम्म त्यसो गरिरहने हो भन्ने कुराले पनि व्यवसायिकतामा ठूलै प्रश्न चिन्ह खडा गरिदिन्छ । कहिलेकाँही लाग्छ, बरू मुनाफा नहोस्, तर दुख भने असुल होस् ।

यो बिचमा धेरैपटक उनी र उनी जस्तैका लागि भोलेन्टिएर काम गरिसकेका छौं । त्यसमा पैसाभन्दा पनि भावनात्मक सम्बन्धले जोडेको छ । लाग्छ, यो सम्बन्ध जोडिनै रहनेछ । उनकै निम्तोमा वि.सं. २०७४ माघ १५ गते उनीहरूकै संस्था दामिएन फाउण्डेसनले नवलपुर तथा परासीमा संचालन गरेको एउटा कार्यक्रममा गएको थिएँ । पुरानै सम्बन्ध भएकाले र एकजनाबाट भिडियो र फोटोको काम हुनेमा उनीहरू निश्चिन्त थिए होलान् । छालाका रोगीहरूमा कुष्ठरोगको पहिचान तथा उपचारका लागि सहयोग गर्ने कार्यक्रमको फोटो, भिडियोका लागि सम्झिएका रहेछन् । त्यो कुरा पनि मैले त्यहि गएर थाहा पाएको थिएँ । त्यो बेला पनि निकै नै रमाइलो भएको थियो । काममा सम्झौता नगर्ने तर जिम्मा लिएको काम सम्पन्न गर्नु पर्छ भन्नेमै आजसम्म अडिग छु । यो काम गर्ने अवसर पनि एउटा संयोगका रूपमा आएको थियो ।

दामिएन फाउण्डेसन संस्था बेल्जियम देशसँग सम्बन्धित रैछ भन्ने कुरा मैले त्यहाँ पुगेपछि थाहा पाएँ । पहिलो पटक गएको ठिक २ वर्षपछि फेरी उस्तै प्रकृतिको कामको लागि उनै कोइरालाले फोन गरेछन् । तर यसपटक भने रोयल फेमिलीको भ्रमण भएकाले अलि विशेष छ है भनेका रहेछन् । अफिसमा नन्द सरले भन्दै हुनुहुन्थ्यो । बाँकी कुरा उतै गएर थाहा हुनेछ भनेर राजधानी पुगेको थिएँ ।

बेल्जियमकी राजकुमारी Astrid Joséphine-Charlotte Fabrizia Elisabeth Paola Marie, उनका श्रीमान् Lorenz Otto Carl Amadeus Thadeus Maria Pius Andreas Marcus d’Aviano तथा अन्यको यो भ्रमण हुँदै थियो । दुई देशबिचको पुरानो सम्बन्धलाई जोड्न दामिएनको संयोजनमा नेपाल सरकारले यो कार्यक्रमको व्यवस्थापन गरेको थियो । उनीहरू आउनुभन्दा २ दिनअघि देखि नै तयारीका लागि फाउण्डेसनका तर्फबाट Ilse Françoise Gilberte Marina Errygers, नेपाल र भारतका लागि बेल्जियमका राजदुत François Delhaye, Belgian लगायत उच्चअधिकारीहरूको आगमन भैसकेको थियो ।

नेपाल सरकारको तर्फबाट पनि आफूले गर्नु पर्ने तयारी भैसकेको थियो । राष्ट्रपति, मन्त्री लगायतसँगको भेटघाट कार्यक्रमको तय भैसकेको थियो । त्यसले नेपाल र बेल्जियमको पनि सम्बन्ध थप सुमधुर पार्न सजिलो हुने अपेक्षा गरिएको थियो । रोयल फेमिली आउनुअघि आएकी Ilse मिडियाको टिमलाई व्यवस्थापन गर्न आइपुगेकी थिइन् । उनीसँगै आएका बेल्जियममा पत्रकार मार्टिन, काठमाण्डौबाट पत्रकार रबिराज बराल र म थियौं । Ilse हाम्रो टिमको लिडर थिइन् । दामिएनमा निकै लामो समय सेवा गरेको अनुभव छ भनेर कुरा गर्दै थिए अरूले ।

बायाँ नेपाल र भारतका लागि बेल्जियमका राजदूत, बीचमा राजकुमारी र बेल्जियमका लागि नेपाली राजदूत साथमा लेखक ।

अघिल्लो दिन उनीसँग हाम्रो भेट भयो । झट्ट हेर्दा कुनै हलिउडको नायिकाको धेरै भुमिका निभाइसकेको अभिनेत्री जस्तो लाग्ने । अग्लो कद, हँसिलो अनुहार, काला आँखा, सुस्त र मीठो बोलीले जसको पनि मन तान्न सक्थ्यो । उनको प्रत्येक पटकको कुराले धेरै कुरा सिकाएझैं लाग्ने । सोचें, राजकुमारीसँग आउने पनि राजकुमारी नै हुन्छन् । एकछिन हामीले कुराकानी गर्‍यौं । कनिकुथी बोल्ने अंग्रेजी भाषाले उसलाई कस्तो लाग्यो मैले जानिन । तर मलाई भने अप्ठ्यारो लागेन । उनी भन्थिन्, भाषा माध्यम मात्रै हो । जस्तो कि, मेरो पनि मुख्य भाषा अंग्रेजी हैन । यो कुरामा तपाई अप्ठ्यारो नमान्नु होला । यसै बिचमा नम्बर साटासाट गर्दै तपाई नेपाली मै लेख्नुस्, म अनुवाद गरेर पढ्छु भनेपछि मलाई थप सजिलो भयो । मैले नेपाली बोल्नु र अंग्रेजी भाषामा रोकिनु अप्ठ्यारो लागेन त्यसपछि । तैपनि बोल्दै जाँदा कमजोरीलाई उनी आफैले सुधार गरिदिन्थिन् । टिम लिडर होस् त यस्तो । जसले हौसला देओस् ।

त्यसदिनको भेट ठिकै लाग्यो । अर्को दिन राजकुमारी लगायत आउने भएकाले स्वागतका लागि नेपाल सरकारका तर्फबाट राज्यमन्त्री मोतिलाल दुगड त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगिसकेका थिए । उनीसँगै नेपाल सरकारका उच्च ओहदाका कर्मचारी, आवश्यक सुरक्षाकर्मी लगायत पुगेका थिए । उनको आगमनले विमानस्थलमा एकखाले रौनक थपेको थियो । बेला–बेला मन्त्री दुगडले भाइ फोटो चैं पठाइदिनुस् ल भन्दै थिए । मैले नि हाँसेर हुन्छ भनिदिएँ । राजकुमारी लगायतको बसाई नक्सालको होटल मेरियटमा फिक्स थियो । दिनभरीको भेटघाट तथा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल घुम्ने र साँझ होटलमा आउने व्यवस्था मिलाइएको थियो । करिब एक हप्ताको यो बसाईमा उनीहरूले कैलालीको मसुरिया र नवलपुरको मध्यबिन्दुमा अवस्थित कुष्ठरोगीहरूको उपचारको लागि स्थापना गर्न लागिएको अस्पतालको उद्घाटन गरिन् ।कुष्ठरोगीहरूसँग भलाकुसारी, मन्त्री लगायतसँग भेटघाट गरिन् । उनी आफ्नो देश फर्किनुअघि सर्वोच्च शिखर सगरमाथालाई हवाइजहाजबाट अवलोकन गर्ने रहरलाई पूरा गरिन् ।

Ilse ले बौद्धमा बत्ती बाल्दै । तस्वीर: लेखकबाट

मेरो त काम नै थियो । उनीहरूकै अगाडि, पछाडि लागेर क्यामेरा बोकें । भ्रमणका दौरान उनीहरूका यादहरूलाई क्यामेरामा कैद गरिदिएँ । काम थियो, कामलाई सम्पन्न गरें । तर आजसम्मकै नौलो अनुभव भने मनमा रहिरह्यो । जुन टिममा बसेर काम गर्ने अवसर पाएँ त्यस टिमको लिडर Ilse को कामप्रतिको सम्मान, उनको बोली, व्यवहार र शैलीले एक किसिमको छाप छोडेर गयो । यस्तो लाग्यो टिममा बसेपछि पहिलो कुरा अनुशासन र त्यसपछिको व्यवसायिक धर्मबारे धेरै कुराहरू सिक्ने अवसर दियो । यस्तो लाग्यो, उनी पनि एक राजकुमारी हुन् । जो हाम्रो टिममा जोडिएका बाँकी सदस्यहरूको मनमा बसेर गइन् । जिन्दगीमा कमै मात्र मानिस मनमा बस्न सक्छन् । उनी त्यसै मध्येको एक थिइन् । स्वयम्भु, पशुपतिनाथ, बौद्ध लगायतमा उनीसँगै यात्रा गर्दा उनी निकै रोमाञ्चितसँगै निकै खुसी देखिन्थिन् ।

जिन्दगीमा केही जोखिमहरू आए र गए पनि । केही त्यस्ता मीठा पलहरू आए र एउटा मीठो सपना बनेर हरेक पल सम्झाइरहे । त्यसै मध्येको एउटा याद बनेर बसेको त्यो भेट थियो Ilse सँगको । भेटिनु, छुटिनु समयको आफ्नै रीत छ । उनीसँगको केही दिनको सामिप्यता मीठो लाग्ने गरी यादगार बनिदियो । करिब एक हप्ताको बसाई नै वर्षौ सिक्न मिल्ने गरी पाएझैं लाग्ने भयो । उनले नेपाल आएर धेरै कुरा हेरेर गइन् । मज्जाले घुमेर गइन् । उनी भन्थिन, म कुनै अलकापुरीमा आउने अवसर पाएँ । नेपालका धेरै कुराहरूमा उनको चासो रह्यो । लैजान नसकेका धेरै यादहरूलाई क्यामेरामा कैद गरेर लगेकी छु भन्दै थिइन् । सोच्छु, उनले त्यस्तो के लगेर गईन् । तर तिमीले पनि हामीहरू माझ धेरै कुरा छोडेर गएकी छ्यौ । ए दुरदराजकी राजकुमारी, ए सकारात्मक सोच र हँसिलो मुहार भएकी Ilse, यो महिना सेप्टेम्बर । यानिकी तिम्रो खुसीको दिन । जन्मदिनको शुभकामना तिमीलाई ।

Comments

Popular posts from this blog

  पहिला छाडा रूपमा डुल्ने कुकुर, बिरालोलाई व्यवस्थापन गर्नु सान्दर्भिक हुन्छ कोहलपुर नगर अस्पतालबाट अब एन्टि रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine) सेवा नियमित रूपमा सुरु भएको कुरा सामाजिक संजालमा आएको छ । जसमा कुकुर, बिरालो लगायतका जनावरको टोकाइ वा शंकास्पद सम्पर्कमा आएका नगरबासीहरूले आवश्यक स्वास्थ्य परामर्श तथा एन्टि रेबिज भ्याक्सिन सेवा कोहलपुर नगर अस्पतालबाट लिन सक्ने भन्ने छ । रेबिजबाट जोगिन कोहलपुरमा छाडा कुकुर–बिरालो व्यवस्थापनका चुनौती - छाडा कुकुरको संख्या बढ्दै जानु । - रेबिजविरुद्धको खोप नलगाउने प्रवृत्ति । - गणना, पहिचान र अभिलेख व्यवस्थापन नहुनु । - बन्ध्याकरण तथा पुनःस्थापनाको काम पर्याप्त नहुनु । - उपचार तथा सुरक्षित व्यवस्थापनको स्थायी व्यवस्था नहुनु। - खोप लगाउनुपर्नेबारे अझै पनि जनचेतनाको कमी हुनु । - जथाभावी खाना तथा फोहोरमा पहुँच हुने अवस्था रहनु । - खुला रूपमा फालिने फोहोर व्यवस्थापन कमजोर हुनु । - समन्वयात्मक कार्यक्रमको कमी । - स्थानीय तहको बजेट र जनशक्ति पर्याप्त नहुनु । - व्यवस्थित तथा मानवीय प्रणालीको अभाव । - छाडा कुकुरलाई ढुंगा हान्ने, कुटपिट गर्ने वा वि...

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ
  कोहलपुर-१३, रानीघाटमा खेलकुदको सम्भावना कोहलपुर नगरपालिका वडा नं.–१३ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वडा हो । यहाँ प्रशस्त खेतीयोग्य जमिन रहेकाले कृषि नै धेरै परिवारको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले किसानहरू भने दोधारमा छन्-मेहनत गरेर लगाएको बाली जोगाउने कि वन्यजन्तुबाट हुने क्षति व्यहोर्ने? मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनले वन, वन्यजन्तु र स्थानीय बस्तीबीचको सम्बन्धलाई सन्तुलित बनाउन संरक्षणको प्रयास गरिरहेका छन् । तर किसानको खेती जोगाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले संरक्षणसँगै वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण र किसानको उत्पादन सुरक्षित गर्ने प्रभावकारी उपायमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ । यसै वडाको रानीघाट गाउँमा रहेको खुला चौर भने खेलप्रेमीका लागि खेल्ने, सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने आधार बनेको छ । यही चौरबाट सुरु भएको खेल अभ्यास भविष्यमा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सहयोग गर्ने पहिलो पाइला बन्न सक्छ । कलिलो उमेरका युवाहरू कुलत...