कोहलपुर-१३, रानीघाटमा खेलकुदको सम्भावना कोहलपुर नगरपालिका वडा नं.–१३ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वडा हो । यहाँ प्रशस्त खेतीयोग्य जमिन रहेकाले कृषि नै धेरै परिवारको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले किसानहरू भने दोधारमा छन्-मेहनत गरेर लगाएको बाली जोगाउने कि वन्यजन्तुबाट हुने क्षति व्यहोर्ने? मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनले वन, वन्यजन्तु र स्थानीय बस्तीबीचको सम्बन्धलाई सन्तुलित बनाउन संरक्षणको प्रयास गरिरहेका छन् । तर किसानको खेती जोगाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले संरक्षणसँगै वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण र किसानको उत्पादन सुरक्षित गर्ने प्रभावकारी उपायमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ । यसै वडाको रानीघाट गाउँमा रहेको खुला चौर भने खेलप्रेमीका लागि खेल्ने, सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने आधार बनेको छ । यही चौरबाट सुरु भएको खेल अभ्यास भविष्यमा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सहयोग गर्ने पहिलो पाइला बन्न सक्छ । कलिलो उमेरका युवाहरू कुलत...
कोहलपुर-१३, रानीघाटमा खेलकुदको सम्भावना
कोहलपुर नगरपालिका वडा नं.–१३ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वडा हो । यहाँ प्रशस्त खेतीयोग्य जमिन रहेकाले कृषि नै धेरै परिवारको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले किसानहरू भने दोधारमा छन्-मेहनत गरेर लगाएको बाली जोगाउने कि वन्यजन्तुबाट हुने क्षति व्यहोर्ने?
मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनले वन, वन्यजन्तु र स्थानीय बस्तीबीचको सम्बन्धलाई सन्तुलित बनाउन संरक्षणको प्रयास गरिरहेका छन् । तर किसानको खेती जोगाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले संरक्षणसँगै वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण र किसानको उत्पादन सुरक्षित गर्ने प्रभावकारी उपायमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ ।
यसै वडाको रानीघाट गाउँमा रहेको खुला चौर भने खेलप्रेमीका लागि खेल्ने, सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने आधार बनेको छ । यही चौरबाट सुरु भएको खेल अभ्यास भविष्यमा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सहयोग गर्ने पहिलो पाइला बन्न सक्छ ।
कलिलो उमेरका युवाहरू कुलत र गलत गतिविधिमा नफसून् भन्नका लागि उनीहरूको रुचिअनुसार खेल्ने, सिक्ने र प्रतिभा देखाउने वातावरण सिर्जना गर्नु आवश्यक छ । खेल मैदान केवल खेल्ने ठाउँ मात्र होइन, युवाको अनुशासन, स्वास्थ्य, आत्मविश्वास र नेतृत्व विकास गर्ने आधार पनि हो ।
त्यसैले रानीघाटको खुला चौरजस्ता सम्भावनायुक्त खेलस्थलको संरक्षण, पूर्वाधार विकास र नियमित खेल गतिविधिका लागि स्थानीय, प्रदेश र संघीय-तीनै तहका सरकारले आवश्यक ध्यान दिन जरुरी छ ।



Comments
Post a Comment