गजलमा श्रमिक गृहपृष्ठ गजलमा श्रमिक श्रमिकको पक्षमा नेपाली गजल कपिल अन्जान शनिबार, असोज २४, २०७७ 265 Shares तिम्रो साम्राज्यको एउटा गरिब मजदुर हुँ मेरो सपनामा महल होइन मुलुक आउँछ । पेसाले म एक खेताला हुँ । मेरो बुझाइमा, यसको पर्यायवाची भनेकै एक मजदुर हो या एक श्रमिक । मैले गर्दै आएको पत्रकारिताले मलाई सन्तोष त दिएको छ । तर मजदुरबाट मालिक बनाउने बाटोमा लैजान भने सकेको छैन । धन्न ‘सेर’सँगको पौँठेजोरी हुँदैनथ्यो भने यो श्रमिकको के नै पो अस्तित्व हुन्थ्यो र ! मलाई ‘सेर’ शब्द सुन्दा मात्रै पनि बडो गजब लाग्छ । लाग्छ, मैले लेख्दै आएको गजलले बडेमानको सम्मान पाएको छ । र, यो पनि लाग्छ कि– एक मजदुरको पक्षमा पनि कतै वकालत भइरहेको छ । समग्रमा हेर्ने हो भने नेपाली गजल परम्परा विकासको त्यति लामो इतिहास छैन । जति लेखिनुपर्नेे या जति आउनुपर्ने थियो त्यति आएको छैन । यदि आउँथ्यो भने के सबैका गजल जीवन्त हुन्थे त ? यो कुरा पनि सोचनीय छ नै । बेलाबेला गजलसम्बन्धि बहस र समालोचना भइ नै रहेका छन् । यद्यपि आउनुपर्ने गजल कतै अल्मल्लिए कि भन्ने लाग्छ । र, यस्तो पनि लाग्छ– हामीले पनि त्यस्ता ...