Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

घाम लागिसक्यो

खै उठेको डाँडामाथि घाम लागिसक्यो
हेर फूल काँडामाथि घाम लागिसक्यो

कतिसम्म अल्छी बन्छौ राति माभुनुपर्ने
खाएका ती भाँडामाथि घाम लागिसक्यो

गैरीखेतको सबै मेलो सिध्याउने होला
बिस्तारै झन् टाढा माथि घाम लागिसक्यो

डोको, नाम्लो समात्नलाई कम्मर कस अब
बस्तुभाउ पाडामाथि घाम लागिसक्यो

भन्दैछु म तिमीलाई अब अन्तिम पटक
उदाएर टाढा माथि घाम लागिसक्यो

Comments

  1. साह्रै स्वादिलो सिर्जना...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान