Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

के छ त हुकुम

अब के छ त हुकुम महारानी
उस्तै छ रोल्पा र रुकुम महारानी

मानव भएर खाएँ थालमै चुठायौ
कसरी म त्यही थुकुम् महारानी

हुन त वीर नेपालीको छोरो म त
को कस्को अघि झुकुम् महारानी

कुकुर भन्यौ ठीक छ बफादार भएँ
दैलोमा कतिन्जेल ढुकुम् महारानी

वास्तविकता सब छर्लङ्ग भएपिछ
पर्दा पछाडि किन लुकुम् महारानी

छानो सल्काएर हाँस्छन् मान्छेहरु
कसरी जलेर म दुखुम् महारानी

Comments

  1. कपिलको लेखकीय जीवनको महत्वपूर्ण घटना हो 'महारानी' गजल ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

म किन सम्झिरहन्छु तिमीलाई !

म किन सम्झिरहन्छु तिमीलाई ! भदौ २६, २०७८  0   By  कपिल अन्जान शेयर गर्नुहोस् Facebook Twitter Messenger Copy Link Viber Telegram WhatsApp Pocket Share मान्छे के कुराले सुन्दर देखिन्छ होला ? अनुहार, रूपरंग, पहिरन, बोलीचाली या व्यवहार ! हुन त सबैको हेर्ने नजरमा फरक पर्छ नै । जबदेखि अरूका कविता पढ्न थाले, त्यसपछि पात, डाँठ, काँडा र जरासँग पनि प्रेम बस्यो । फूल त आफैमा फूल नै हो । त्यो त सबैको रोजाइमा पर्छ । लाग्छ, जिन्दगी एउटा फूलैफूलले सजिएको बगैंचा पनि हो । त्यस्तो बगैंचा जसमा सबैको आफ्नै अस्तित्व हुन्छ । यहाँ नफेरिने केहि छैन । दिन, बार, ऋतु हुँदै बिस्तारै निश्चित समयपछि सबैथोक फेरिन्छ । सबथोक बदलिन्छ । मानिसहरू बडेमानको उपहार दिन्छन् । उपहार भनेको याद पनि हो । म त उपहार लिन मात्रै जान्दछु, दिन जान्दिन । जस्तो कि, कसैबाट राम्रो कुरा लिएँ भने त्यो कदापि फिर्ता गर्न मन लाग्दैन । आफैसँग राखिरहुँ भन्ने लाग्छ । तर आफुले राम्रो कुरा दिनु नपरोस् भन्ने नि लाग्छ । तर बोली र हाँसो हो भने त्यो त जति लगे नि आजसम्म कमि भएकै छैन । त्यसलाई पनि के उपहार भन्नु भन्ने लाग्छ । काठमाडौंको करिब ३ वर्षको बसा...