Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

छापामारको छोरो

देशको निम्ति लड्छु भन्छ छापामारको छोरो
अझै शिखर चढ्छु भन्छ छापामारको छोरो

कुन कारणले मेरो पुर्खा जङ्गल गएको
त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो

हात हतियार बम गोली समाउन देऊ
सिमानातिर बढ्छु भन्छ छापामारको छोरो

दुश्मन को हुन् सिकाउनु त्यही छातीमाथि
शूल बनेर गढ्छु भन्छ छापामारको छोरो

बिन्ती मेरो क्रान्तिलाई कुण्ठित नपारिदेऊ
नत्र त्यसै म सड्छु भन्छ छापामारको छोरो

Comments

  1. सशक्त गजल,
    यो गजल समयको माग हो,
    कपिलजीको पछिल्लो गजलमध्यको उत्कृष्ट गजल मान्छु म यो गजललाई ।

    ReplyDelete
  2. यो गजलालई हामीले चार महिना प्रतीक्षा गर्नुपर्यो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान