Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

जल्लाद लेखिदियो

नियतीले निधारमा जल्लाद लेखिदियो
यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

बा आमाले के-के बनाउने सोचेका थे
किन त्यती हतारमा जल्लाद लेखिदियो

आकाश र धर्तीको दुरी नाप्न सक्दिन
मलाई मात्र संसारमा जल्लाद लेखिदियो

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु
कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

पहिचान बनाउन अब बर्षौ लाग्नेछ
जोडेर गजलकारमा जल्लाद लेखिदियो

Comments

  1. सर, गजल धेरै रामो छ । जसमा पनि चौथो शेरका हरफहरु उत्कृष्ट लाग्यो । यहाँको कलमले गति लिईरहोस् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान