चौतारा हराउँदै पसलसम्म पुग्यो चोक र चौतारा हिजोका परिचय थिए । चिट्ठी–पत्रको बाहिरी ठेगानामा पनि यिनै चोक, चौतारा र टोलका नामहरू लेखिन्थे । धेरै परदेशीका सन्देश यिनै चौताराको नामसँग जोडिएका हुन्थे । केही दशकअघिसम्म कोहलपुरमा पनि यस्ता चौताराका नाममा घर र परदेशका सास, अनुभूति, इच्छा, सपना, सम्झना र आशिर्वाद बोकेका हुलाकी पत्रहरू आइपुग्थे । एउटा पत्रले घरपरिवारलाई परदेशसँग जोड्थ्यो, अनि चौतारा ती सन्देशको एउटा मौन साक्षी बन्थ्यो । तर समयसँगै प्रविधिको विकास भयो । सञ्चारका माध्यम फेरिए । हिजोका ती दृश्यहरू बिस्तारै इतिहास बन्न थाले। अझै धेरै कुरा इतिहास बन्ने क्रममा छन् । पहिले चौतारा हुन्थ्यो, मानिसहरू भेला हुन्थे र त्यहीँ दुःख–सुखका कुरा हुन्थे । अहिले चौतारा हराउँदै गएका छन् । मानिसहरू भने छन्, दुःख–सुख पनि उस्तै छन्, तर समय र संवाद गर्ने माध्यम निकै फरक भएको छ । पहिले चौतारामा बसेर गफिनेहरू अहिले चिया पसलको छानामुनि बसेर आफ्ना विगत, वर्तमान र भविष्यका कुरा गरिरहेका देखिन्छन् । चियाको कपसँगै गाउँका कुरा, परिवारका कुरा, रोजगारी, खेतीपाती, विकास र बदलिँदो समयका कुरा चलिरहेका हुन्छन्...
चौतारा हराउँदै पसलसम्म पुग्यो
चोक र चौतारा हिजोका परिचय थिए । चिट्ठी–पत्रको बाहिरी ठेगानामा पनि यिनै चोक, चौतारा र टोलका नामहरू लेखिन्थे ।
धेरै परदेशीका सन्देश यिनै चौताराको नामसँग जोडिएका हुन्थे । केही दशकअघिसम्म कोहलपुरमा पनि यस्ता चौताराका नाममा घर र परदेशका सास, अनुभूति, इच्छा, सपना, सम्झना र आशिर्वाद बोकेका हुलाकी पत्रहरू आइपुग्थे । एउटा पत्रले घरपरिवारलाई परदेशसँग जोड्थ्यो, अनि चौतारा ती सन्देशको एउटा मौन साक्षी बन्थ्यो । तर समयसँगै प्रविधिको विकास भयो । सञ्चारका माध्यम फेरिए । हिजोका ती दृश्यहरू बिस्तारै इतिहास बन्न थाले। अझै धेरै कुरा इतिहास बन्ने क्रममा छन् ।
पहिले चौतारामा बसेर गफिनेहरू अहिले चिया पसलको छानामुनि बसेर आफ्ना विगत, वर्तमान र भविष्यका कुरा गरिरहेका देखिन्छन् । चियाको कपसँगै गाउँका कुरा, परिवारका कुरा, रोजगारी, खेतीपाती, विकास र बदलिँदो समयका कुरा चलिरहेका हुन्छन् ।
चौतारा हराए पनि चौताराको संस्कृति भने पूरै हराएको छैन। बस्ने ठाउँ फेरिएको छ, माध्यम फेरिएको छ, तर मानिसबीच दुःख–सुख बाँड्ने चाहना अझै उस्तै छ । सायद यही नै समयको परिवर्तन हो-चौतारा हराउँदै पसलसम्म पुग्यो, तर मानिसको मनको संवाद अझै बाँकी छ ।
तस्बिर-कोहलपुर नगरपालिका–१० को चटार गाउँ






Comments
Post a Comment