Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

कुन गजल सुनाउँ

मैले सोझो अर्थमा कुन गजल सुनाउँ
भन कुनै शर्तमा कुन गजल सुनाउँ

मिले जस्तै गरेको तिमीलाई सुहाउने
दुःख पीडा दर्दमा कुन गजल सुनाउँ

व्यापारी हुँ गजलको पसल थापॆको छु
मुनाफा र खर्चमा कुन गजल सुनाउँ

कत्ति भूल गरे हुँला कत्ति गल्ति गरे हुँला
तिमीलाई यो वर्षमा कुन गजल सुनाउँ

एक एक छानी गजल सुनाउन सक्ने
आँट छ यो मर्दमा कुन गजल सुनाउँ

Comments

  1. अझै नयाँनयाँ गजल सुनाउनुहोस् कपिल जी…

    ReplyDelete
  2. tapaiko sabai gajal sunna man lagyo, blog ma thapnuhola.....

    ReplyDelete
  3. तपाईको गजल असाध्यै राम्रो छ
    फेरी फेरी पनि यसरी नै पढ्न पाऊ
    तपाईका गजलहरु प्राय सुनिरहु जस्ता नै हुन्छन
    लेखेजति सबै सुनाउदा हुन्छ नि............

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन