शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
नियतीले निधारमा जल्लाद लेखिदियो यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो बा आमाले के-के बनाउने सोचेका थे किन त्यती हतारमा जल्लाद लेखिदियो आकाश र धर्तीको दुरी नाप्न सक्दिन मलाई मात्र संसारमा जल्लाद लेखिदियो न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु कसैले हिजो अखबारमा जल्लाद लेखिदियो पहिचान बनाउन अब बर्षौ लाग्नेछ जोडेर गजलकारमा जल्लाद लेखिदियो