Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

जल्लाद लेखिदियो

नियतीले निधारमा जल्लाद लेखिदियो
यस्तो लाग्छ उपहारमा जल्लाद लेखिदियो

बा आमाले के-के बनाउने सोचेका थे
किन त्यती हतारमा जल्लाद लेखिदियो

आकाश र धर्तीको दुरी नाप्न सक्दिन
मलाई मात्र संसारमा जल्लाद लेखिदियो

न जिन्दगी बदल्न सक्छु न न्याय पाउन सक्छु
कसैले हिजो अखबारमा जल्लाद लेखिदियो

पहिचान बनाउन अब बर्षौ लाग्नेछ
जोडेर गजलकारमा जल्लाद लेखिदियो

Comments

  1. सर, गजल धेरै रामो छ । जसमा पनि चौथो शेरका हरफहरु उत्कृष्ट लाग्यो । यहाँको कलमले गति लिईरहोस् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान