Skip to main content

श्रमिकको पक्षमा नेपाली गजल ll

गजलमा श्रमिकगृहपृष्ठगजलमा श्रमिकश्रमिकको पक्षमा नेपाली गजल कपिल अन्जानशनिबार, असोज २४, २०७७ 265Shares

श्रमिकको पक्षमा नेपाली गजल ll

गजलमा श्रमिक
Venturini shoes nepal
श्रमिकको पक्षमा नेपाली गजल
64x64
कपिल अन्जानशनिबार, असोज २४, २०७७
Think education

तिम्रो साम्राज्यको एउटा गरिब मजदुर हुँ
मेरो सपनामा महल होइन मुलुक आउँछ ।

पेसाले म एक खेताला हुँ । मेरो बुझाइमा, यसको पर्यायवाची भनेकै एक मजदुर हो या एक श्रमिक । मैले गर्दै आएको पत्रकारिताले मलाई सन्तोष त दिएको छ । तर मजदुरबाट मालिक बनाउने बाटोमा लैजान भने सकेको छैन । धन्न ‘सेर’सँगको पौँठेजोरी हुँदैनथ्यो भने यो श्रमिकको के नै पो अस्तित्व हुन्थ्यो र !

Being Human Sale Inner Page
Big Education

मलाई ‘सेर’ शब्द सुन्दा मात्रै पनि बडो गजब लाग्छ । लाग्छ, मैले लेख्दै आएको गजलले बडेमानको सम्मान पाएको छ । र, यो पनि लाग्छ कि– एक मजदुरको पक्षमा पनि कतै वकालत भइरहेको छ । 

समग्रमा हेर्ने हो भने नेपाली गजल परम्परा विकासको त्यति लामो इतिहास छैन । जति लेखिनुपर्नेे या जति आउनुपर्ने थियो त्यति आएको छैन । यदि आउँथ्यो भने के सबैका गजल जीवन्त हुन्थे त ? यो कुरा पनि सोचनीय छ नै । 

बेलाबेला गजलसम्बन्धि बहस र समालोचना भइ नै रहेका छन् । यद्यपि आउनुपर्ने गजल कतै अल्मल्लिए कि भन्ने लाग्छ । र, यस्तो पनि लाग्छ– हामीले पनि त्यस्ता ल्याउनैपर्ने गजललाई बाहिर ल्याउन सकेनौँ । त्यो वातावरणको सिर्जना गर्न सकेका छैनौं ।

नेपाली गजलको परम्परा खासै लामो छैन भन्दै छेउ लाग्नुपर्ने अवस्थाको अन्त्य भने गर्नैपर्छ । गजलमा हामी सबैले स्वीकार गर्दै आएको कुराचाहिँ यसको परम्परा शृङ्गारिक वा प्रेमिल हुँदै आएको हो । र, यो पनि स्वीकार गर्छौं कि– गजल दरबारमा सुनाइन्थ्यो वा गाइन्थ्यो ।

सुरुवातदेखि आजको अवस्थासम्म आइपुग्दा यो परम्परा धेरै परिवर्तन भइसकेको छ । परिवर्तन भन्नाले तत्कालीन अवस्थामा लेख्दै आएका विषयवस्तु र हाल लेखिँदै आएका विषयवस्तु फरक छन् । तत्कालीन समयमा गजल दरबारमा मात्रै केन्द्रित थियो भने अहिले प्रत्यक्ष श्रमसँग पनि जोडिएको छ । पसिनासँग जोडिएको छ । र, जोडिएको छ– सुखदुःखसँग पनि । 

वर्तमान समयमा गजल मानिसको प्रत्यक्ष जीवनसँग जोडिएर आएको छ । यसबाट बुझ्न सकिने भनेको गजलले पसिनाकोजस्तै आफ्नो गन्ध स्थापित गर्न खोज्दैछ । नेपाली गजल अब स्वमूल्यको खोजीमा जीवनसँग जोडिएर आएको छ । धेरैले यसको खेती गरेका छन् । कतिले त यसलाई आफैंले नष्ट गरेका छन् भने कति यसको मूल्यको खोजीमा भौँतारिएका छन् । लाग्छ, यो दौडमा गजलले आफ्नो मूल्य आफैँ स्थापित गर्नेछ ।

  • त्यसपछि नेपाली गजल आरन, छाउ, देउकीलगायत सबैसबै असमानताका पर्खाल भत्काउँदै अगाडि बढ्यो । 

अहिले देशमा एक खाले परिवर्तन आएको छ । देश समृद्धिको मार्गोन्मुख छ । आफूले चाहेको, आफैँले चुनेर पठाएकाले देश चलाएकोमा दङ्गदास छन् जनता । र, छौँ हामी पनि । तर पनि भोककोजस्तो घातक अरू कुनै कुराको लडाइँ नहुने रहेछ । अहिले गजल लेख्नेहरूमा पनि भोक छ एउटा । श्रमका पक्षमा दिनानुदिन गजल लेखिँदै आएका छन् । यसबाट पनि गजलले मजदुरको पक्षमा आवाज उठाउँदै आएको कुरालाई सङ्केत गर्छ । 

नेपाली गजल यहाँसम्म आइपुग्दा कैयन् ठाउँमा रोकिँदै, दौडिँदै र तैरिँदै आएको छ । पूर्वावस्थामा लेखिएका गजल र यति बेला लेखिएका गजलमा केही फरकपन त छ नै । पीडा, कुण्ठा, आक्रोश, व्यङ्ग्य, यौन, प्रेम, विज्ञान–प्रविधि लगायतका कुराले अहिलेका गजलमा महत्व पाएका छन् ।

जसरी भए पनि गजल लेखिनुपर्छ भन्ने मान्यता एकातिर स्थापित भएको छ । यसले गजल लेख्नेहरूलाई गजलकार त बनाउला । तर के ती गजलले श्रमको पक्षमा वकालत गर्लान् त ? के तिनले भोकविरुद्ध आवाज उठाउलान् ? यावत् प्रश्नहरूको एउटै उत्तर हो– भोकाएको मानिसले उपदेश सुन्दैन । 

स्मरणीय छ, साठीको दशकयता नेपाली गजलको विस्तार फरक धारमा हुँदै आयो । देश जब गृहयुद्धबाट निस्कियो अनि बल्ल मानिसमा राजनैतिक चेतनाको चरम विकास भयो । देशमा आमुल परिवर्तनसँगै जनताको हातमा सरकार पनि नआएको होइन । वर्षौंदेखि शोषित–दमितहरूको आवाज मुखर भएर निस्किए । त्यसपछि नेपाली गजल आरन, छाउ, देउकीलगायत सबैसबै असमानताका पर्खाल भत्काउँदै अगाडि बढ्यो । 

साठीको दशकपछि नै हो, नेपाली गजलले बिस्तारै श्रम चिन्न थालेको । त्यसपछि अभूतपूर्व रूपमा गजलको विस्तार दरबारभन्दा बाहिर; घर, भान्सा, गोठ आदिमा हुन थाल्यो । यसको मतलब, नेपाली गजलले सबैथोक एकैपटक चिन्ने अवसर पायो ।

  • कक्षाकोठामा कुनै विद्यार्थीलाई ‘तिमीले के रचना सुनाउँछौै ?’ भन्दा उसले जानी–नजानी लेखेको आफ्नो भावनालाई पनि गजल नामाकरण गर्‍यो । यी सबै कुराले पनि गजलप्रतिको प्रेम प्रकट गर्छ ।  

साठीको दशकयता नै स्वतन्त्र भएर लेख्न नसकेकाले पनि निस्फिक्री रूपमा गजलमा निब चोपल्न पाए । त्यसपछि कसैको रोकटोक भएन । समाज सुहाउँदो, नसुहाउँदो सबै लेख्न थालियो । यो अवस्थाले पनि हरेक पक्ष छानिएर अगाडि बढ्ने अवस्थाको सिर्जना भयो । गजल लेखनमा एक किसिमको बाढी नै आयो । धेरैले गजल लेख्न थाले । दिनमै सयौं गजल लेखेका कुरा सुनिए । मानौँ, एक किसिमको ठूलो समुद्र भएर गजल उर्लियो ।

गजलसम्बन्धी ठूल्ठूला कार्यक्रम हुन थाले । एक गाउँ, एउटा रेडियोको अवधारणा आयो । त्यसपछि हरेकले आफ्नै गाउँघरका कुरा सुन्ने अवसर पाए । आफैंले तत्काल लेखेको गजल क्षणभरमै एफएम रेडियोबाट बज्न थालेपछि गजल मोह बिस्तारै बढ्दै आयो । यो बेला आफूलाई तार्न खोज्नेहरू तैरिए । तार्न नसक्नेहरूचाहिँ बगे । कतै पर पुगेर हराए ।

हलो जोत्नेले हलोकै गजल सुन्न पाए । ठेलागाडा चलाउनले ठेलाकै र बालुवा चाल्नेले आफ्नै जीवनसँग मिल्दाजुल्दा गजल सुन्न-लेख्न पाए । कक्षाकोठामा कुनै विद्यार्थीलाई ‘तिमीले के रचना सुनाउँछौै ?’ भन्दा उसले जानी–नजानी लेखेको आफ्नो भावनालाई पनि गजल नामाकरण गर्‍यो । यी सबै कुराले पनि गजलप्रतिको प्रेम प्रकट गर्छ ।  

जब रेडियोको विस्तार भयो, सामाजिक सन्जालको युग आयो तब मात्रै गजल लेखन थप सशक्त बन्यो । आफूले लेखेका गजल कतै प्रकाशित गर्नुपर्ने, बजाउनुपर्ने बाध्यता बिस्तारै हट्दै आयो । सामाजिक सन्जालमा थुप्रै गजल एकसाथ पोस्ट हुन थाले । यति बेला जो जहाँ भए पनि आफ्ना रचना सबैमाझ पुर्‍अवसर पाए । आफ्नो पेसाप्रति हरेकलाई विश्वास लाग्न थाल्यो । कामप्रति लगाव बढ्यो । त्यसपछि हरेकको पहुँचमा गजल पुग्यो ।

जुनसुकै समयमा जो–जसले आफूलाई सक्रिय रूपमा जोगाउँदै, सुधार गर्दै, लेख्दै आए, उनीहरू नै गजलमा देखिन थाले । उनीहरूको नामको अघिपछि गजल जोडिएर आउन थाल्यो । अथवा उनीहरूको पेसाजस्तो गजल चिनिन थाल्यो । कुनै पनि रचनाको कहिल्यै मूल्याङ्कन हुँदैन । हरेक रचनाको आ–आफ्नै पाठक, स्रोता र दर्शक हुन्छन् । तथापि लोकले धेरै रुचाइएका रचना नै जीवन्त बन्छन् । यसरी नै गजल हरेक श्रमिकको पेसामा आयो ।

  • आफ्नै भाषामा पनि गजल लेखनले व्यापकता पाएकै कारण यो बाँचेको पनि हो । आफ्नै रहनसहन, भाषा, संस्कृतिलगायतका कुरालाई पनि उठान गरिएको छ ।

हामी जन्मनुको पनि भूमिका छ । हामीले जसरी आफूलाई प्रस्तुत गर्दै लैजान्छौँ, त्यो नै हाम्रो भूमिका हो । हामीले लेख्नुपर्ने र पढ्नुपर्ने धेरै छ । गजल त एउटा पाटो मात्रै हो । पछिल्लो समय नेपाली गजलमा एकदमै स–साना कुरालाई पनि बडो प्रेमिल, व्यङ्ग्य या आक्रोशपूर्ण तरिकाले लेखिँदैछ । अथवा यस्तै खाले गजल लेख्ने परिपाटी चलेको छ । मानिसको जीवनमा प्रत्यक्ष सरोकार राख्ने एकदमै सूक्ष्म कुरालाई गजलमा लेख्न थालिएको छ । यसले गर्दा गजल जन–जनमा पुगेको देखिन्छ ।

हामीले लेख्दै आएको कुरा जसका लागि लेखिएको हो उसले बुझेन भने त्यो लेख्नु बेकार हो भन्ने कुराको बहस चलिसकेको छ । कमसेकम जसका लागि लेखिएको कुरा हो, उसले पनि बुझ्नुपर्छ । गजलका सेरले छोएन भने त्यो गजल होइन । कतै न कतै भित्र छोएकै हुनुपर्छ । जिब्रोमा झुन्डिनु पर्छ । दिमागमा बस्नुपर्छ । दिलमा लाग्नुपर्छ । यदि लाग्दैन भने त्यो गजल होइन । र, गजलमा अन्दाज–ए–बयाँ हुन सकेन भने पनि त्यो गजल हैन ।

नेपाली गजलमा आञ्चलिकता पछिल्लो समय व्यापक रूपमा उठेकाले पनि यसमा श्रमिकको भावनाले स्थान पाएको हो । आफ्नै भाषामा पनि गजल लेखनले व्यापकता पाएकै कारण यो बाँचेको पनि हो । आफ्नै रहनसहन, भाषा, संस्कृतिलगायतका कुरालाई पनि उठान गरिएको छ । यसले एकातिर मौलिकताको संरक्षण तथा सम्बद्र्धन भएको छ भने अर्कोतिर पहिचानको मुद्दा पनि बिस्तारै अगाडि आएको छ ।

समयानुसार समसामयिकलगायतका कुरा गजलमा बढी मात्रामा उठाइएको छ । गजल कसरी सुरु भयो भन्ने इतिहास भन्दा पनि यसले समेट्दै आएको विषयवस्तुलाई नजरअन्दाज गर्न थालिएको छ । गजल परिवर्तनशील हुँदै विस्तार हुने बाटोमा छ । जसरी हिजो र आजको गजलमा परिवर्तन हुँदै आयो, त्यसरी नै आज र भोलिको गजलमा पनि पक्कै परितर्वन हुनेछ । 
आशा गरौँ, गजल मजदुरकै पक्षमा हुनेछ । सत्यकै पक्षमा हुनेछ र प्रेमको पक्षमा पनि ।

Link-https://www.nepalipublic.com/news-detail/156669

Comments

Popular posts from this blog

कविता-"बयान"

शीर्षक–बयान
इजलासमामलाई मेरै कविताहरूमाथि हात राखेर कसम खुवाइयोस् ।
श्रीमान् चुप लाग्नु भनेको सहनु हुँदै होइन यहाँ बिना बहस च्यातिदिएका छन् मैले राता अक्षरमा लेखेका मेरा राता कविताहरू । यदि, रातोको विषयमा नबोल्ने हो भने किन रातो हुन्छ सूर्य ? किन रातो हुन्छ रगत ? किन रातै बनाइयो झण्डा ? सम्झना छ मेरो आङ ढाक्ने च्यात्तिएको भोटो सँगै मैले देखेको मेरो बालक सपना त्यो पनि त रातै थियो । हिँड्ने बेलामा बैनीले मेरो निधारमा टाँसिदिएकी थिइन्– रातो कनिका । मैले अझै बिर्सिएको छैन मेरी आमाको सिउँदो पनि त रातै थियो । श्रीमान् किन सबै राताहरू नै बढी खतरा हुन्छन् ? –आगो –फूल –सिन्दूर –हस्ताक्षर – र लाजपुर्जा । श्रीमान् मेरो यो बयान सेतोको समर्थनमा भने हुँदै होइन यो रङ्गिन इजलासमा बहस गरियोस्
किन सादा छ ? मेरी आमाको अनुहार सगरमाथाको रङ यी मान्छेहरूको मन र, मेरो देश ।
–कपिल अञ्जान कोहलपुर, बाँके

गजल ll यहाँ भगवानको पनि घर भत्किएको छ

गजल

उसले जतिचोटी आफैलाई बिर्सिएको छ त्यति नै चोटी यो देशलाई सम्झिएको छ
सरकार मुर्दालाई कानुन पढाइरहेको छ यस्तो देखेर अपराधी पनि तर्सिएको छ
तिमी फलामको भित्ताले सुरक्षित हुँदैनौं यहाँ भगवानको पनि घर भत्किएको छ
ऊ हतियार बोकेर मैदानमा गएको थियो साथमा दुश्मनलाई ल्याएर फर्किएको छ
© कपिल अन्जान

गजल ll त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ

गजल

सरकार महङ्गो वस्तुको मात्रै व्यापार गर्छ यता भोकमरीले भने हाम्रो पेटमा प्रहार गर्छ
कसैबाट यति नराम्रोसँग धोका पाएको हो त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ
पहिला जन्माउँछ आफै, पछि मार्छ आफै यो प्रकृतिले पनि किन यस्तो व्यवहार गर्छ
मानेले पनि घुमाउन सकेन उसको जिन्दगी आजकाल ऊ बली चढ्नलाई हतार गर्छ
© कपिल अन्जान