Skip to main content
  कोहलपुर-१३, रानीघाटमा खेलकुदको सम्भावना कोहलपुर नगरपालिका वडा नं.–१३ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वडा हो । यहाँ प्रशस्त खेतीयोग्य जमिन रहेकाले कृषि नै धेरै परिवारको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले किसानहरू भने दोधारमा छन्-मेहनत गरेर लगाएको बाली जोगाउने कि वन्यजन्तुबाट हुने क्षति व्यहोर्ने? मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनले वन, वन्यजन्तु र स्थानीय बस्तीबीचको सम्बन्धलाई सन्तुलित बनाउन संरक्षणको प्रयास गरिरहेका छन् । तर किसानको खेती जोगाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले संरक्षणसँगै वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण र किसानको उत्पादन सुरक्षित गर्ने प्रभावकारी उपायमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ । यसै वडाको रानीघाट गाउँमा रहेको खुला चौर भने खेलप्रेमीका लागि खेल्ने, सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने आधार बनेको छ । यही चौरबाट सुरु भएको खेल अभ्यास भविष्यमा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सहयोग गर्ने पहिलो पाइला बन्न सक्छ । कलिलो उमेरका युवाहरू कुलत...

कुन गजल सुनाउँ

मैले सोझो अर्थमा कुन गजल सुनाउँ
भन कुनै शर्तमा कुन गजल सुनाउँ

मिले जस्तै गरेको तिमीलाई सुहाउने
दुःख पीडा दर्दमा कुन गजल सुनाउँ

व्यापारी हुँ गजलको पसल थापॆको छु
मुनाफा र खर्चमा कुन गजल सुनाउँ

कत्ति भूल गरे हुँला कत्ति गल्ति गरे हुँला
तिमीलाई यो वर्षमा कुन गजल सुनाउँ

एक एक छानी गजल सुनाउन सक्ने
आँट छ यो मर्दमा कुन गजल सुनाउँ

Comments

  1. अझै नयाँनयाँ गजल सुनाउनुहोस् कपिल जी…

    ReplyDelete
  2. tapaiko sabai gajal sunna man lagyo, blog ma thapnuhola.....

    ReplyDelete
  3. तपाईको गजल असाध्यै राम्रो छ
    फेरी फेरी पनि यसरी नै पढ्न पाऊ
    तपाईका गजलहरु प्राय सुनिरहु जस्ता नै हुन्छन
    लेखेजति सबै सुनाउदा हुन्छ नि............

    ReplyDelete

Post a Comment

Popular posts from this blog

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

लाज मान

युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान