शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
कलम थियो
छेउमा टुकी र कलम थियो
एउटा दुखी र कलम थियो
प्राण बचाउन लेखेको होला
ढुकढुकी र कलम थियो
चन्द्रमा जिस्काउन ऊ सँग
चन्द्रमुखी र कलम थियो
सागरको बारेमा लेख्छु भन्दै
एक थुकी र कलम थियो
बरु उसले मलाई देखिन
नजिक पुगी र कलम थियो
युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान
Comments
Post a Comment