Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll कसरी सुरक्षित होलान् भोलि समाधि पनि


भयानक भयो आफैसँगको आजादी पनि
बरु सहजै लिन सकें आफ्नै वर्वादी पनि

केहि भ्रमहरुलाई यसरी सम्बोधन गरिरहें
केबल तिमी हौ मेरो अन्त्य पनि आदि पनि

आज यहाँ शालिकहरुमाथि प्रहार भएको छ
कसरी सुरक्षित होलान् भोलि समाधि पनि !

ए अन्जान यो युगमा एक मान्छे जन्मेन
केहि काम छैन यति धेरै यो आवादी पनि

© कपिल अन्जान



Comments

Popular posts from this blog

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

लाज मान

युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान