Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ?

गजल

आफ्नै छायाँले पनि साथ हरदम छोड्यो
यहि मजबुरीमा पैतालाले कदम छोड्यो

यो समयले जिन्दगीभर निहुरिन सिकायो
आफुले भने सधैं म माथि अहम् छोड्यो

म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ?
मेरा आफन्तलाई लुट्यो र एल्बम छोड्यो

त्यो दार्शनिक व्यवहारले बूढो भएकोथ्यो
किन हतियार समायो, किन कलम छोड्यो

©
कपिल अन्जान





Comments

Post a Comment