Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

कविता-"बयान"

शीर्षक–बयान

इजलासमा

मलाई मेरै कविताहरूमाथि हात राखेर
कसम खुवाइयोस् ।

श्रीमान्
चुप लाग्नु भनेको सहनु हुँदै होइन
यहाँ बिना बहस
च्यातिदिएका छन्
मैले राता अक्षरमा लेखेका
मेरा राता कविताहरू ।

यदि,
रातोको विषयमा नबोल्ने हो भने
किन रातो हुन्छ सूर्य ?
किन रातो हुन्छ रगत ?
किन रातै बनाइयो झण्डा ?

सम्झना छ
मेरो आङ ढाक्ने च्यात्तिएको भोटो सँगै
मैले देखेको मेरो बालक सपना
त्यो पनि त रातै थियो ।

हिँड्ने बेलामा बैनीले
मेरो निधारमा टाँसिदिएकी थिइन्–
रातो कनिका ।
मैले अझै बिर्सिएको छैन
मेरी आमाको सिउँदो पनि त रातै थियो ।

श्रीमान्
किन सबै राताहरू नै बढी खतरा हुन्छन् ?
–आगो
–फूल
–सिन्दूर
–हस्ताक्षर
– र लाजपुर्जा ।

श्रीमान्
मेरो यो बयान
सेतोको समर्थनमा भने हुँदै होइन
यो रङ्गिन इजलासमा
बहस गरियोस्

किन सादा छ ?
मेरी आमाको अनुहार
सगरमाथाको रङ
यी मान्छेहरूको मन
र, मेरो देश ।

–कपिल अञ्जान
कोहलपुर, बाँके

Comments

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान