Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

छापामारको छोरो

देशको निम्ति लड्छु भन्छ छापामारको छोरो
अझै शिखर चढ्छु भन्छ छापामारको छोरो

कुन कारणले मेरो पुर्खा जङ्गल गएको
त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो

हात हतियार बम गोली समाउन देऊ
सिमानातिर बढ्छु भन्छ छापामारको छोरो

दुश्मन को हुन् सिकाउनु त्यही छातीमाथि
शूल बनेर गढ्छु भन्छ छापामारको छोरो

बिन्ती मेरो क्रान्तिलाई कुण्ठित नपारिदेऊ
नत्र त्यसै म सड्छु भन्छ छापामारको छोरो

Comments

  1. सशक्त गजल,
    यो गजल समयको माग हो,
    कपिलजीको पछिल्लो गजलमध्यको उत्कृष्ट गजल मान्छु म यो गजललाई ।

    ReplyDelete
  2. यो गजलालई हामीले चार महिना प्रतीक्षा गर्नुपर्यो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन