Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

थाहै भएन

माया गरेको थाहै भएन
ज्यूँदै मरेको थाहै भएन

कति धेरै सपना देखेथेँ
कति कुरा मनमा लेखेथेँ
सिउँदो भरेको थाहै भएन
ज्यूँदै मरेको थाहै भएन

तिम्रो छेउमा आउँछु भनी
चोखो माया लाउँछु भनी
वचन सरेको थाहै भएन
ज्यूँदै मरेको थाहै भएन

तिम्रो तस्वीर छोइरहन्छु
हरेक राती रोइरहन्छु
आँसु झरेको थाहै भएन
ज्यूँदै मरेको थाहै भएन

Comments

  1. कपिल जी तपाइको गीतमा गजलको बास्ना आउँछ...
    यसलाइ म गजलात्मक गीत भन्न रुचाउँछु...
    गीतमा मीठो र छुट्टै स्वाद पस्कनुभएकोमा मुरी मुरी धन्यबाद!

    ReplyDelete
  2. अनजानजीले यति सुन्दर गीत लेख्न कहिले र कहाँ सिक्नुभएछ, थाहै भएन ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन