Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ
पानीमा आगो बालेर क्या चमत्कार गरेऊ

सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ
सारा निम उखालेर क्या चमत्कार गरेऊ

जमाना उल्टियो विज्ञानले अवश्य मान्छ
सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ

नौ लाख तारा गनि रहे एउटा पुगेन
ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ

नभएको भए चित्त बुझाउथेँ अप्सराहरु
छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ

पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो
एक-एक पगालेर क्या चमत्कार गरेऊ

Comments

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. i mean :
    ती नौ लाख तारा गनेर क्या चमत्कार गरेऊ
    गिनिज बुकमा नाम लेखेर क्या चमत्कार गरेऊ

    ReplyDelete
  3. वाह! कपिल जी साँच्चै क्या चमत्कार गरेऊ!!.....यो पो त गजल!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन