Skip to main content

Posts

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

बहिनीले भन्थी...

जितेर आउनु बहिनीले भन्थी नत्र नआउनु बहिनीले भन्थी यो देशले तिम्रो रगत मागेमा रगत बगाउनु बहिनीले भन्थी आई लाग्ने माथि जाइ लाग्नु र छप्काउनु बहिनीले भन्थी युद्धको दुश्मन मित्र हुँदैन भनेर कराउनु बहिनीले भन्थी वीरका छोरा हौ वीर नेपाली वीरता देखाउनु बहिनीले भन्थी

बहुत रुलायौ

बसाई सरेर बहुत रुलायौ आँखा तरेर बहुत रुलायौ भनेको भए म रोइदिन्थे अभिनय गरेर बहुत रुलायौ आकाशका तारा झार भन्दै शरण परेर बहुत रुलायौ मदिरा देखाएर तड्पाउँदै भट्टीमा लगेर बहुत रुलायौ लोग्ने मानिसले रुनु हुदैँन यस्तै भनेर बहुत रुलायौ

कलम थियो

छेउमा टुकी र कलम थियो एउटा दुखी र कलम थियो प्राण बचाउन लेखेको होला ढुकढुकी र कलम थियो चन्द्रमा जिस्काउन ऊ सँग चन्द्रमुखी र कलम थियो सागरको बारेमा लेख्छु भन्दै एक थुकी र कलम थियो बरु उसले मलाई देखिन नजिक पुगी र कलम थियो

म भन्नै सक्दैन...

मलाई देखेर रुन्छ म भन्नै सक्दैन के-के लेखेर रुन्छ म भन्नै सक्दैन त जा यहाँ रुनु हँदैन भन्छु किन फर्केर रुन्छ म भन्नै सक्दैन ऊ गएकी यही ठाउँ हो भन्दै त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन कुनै-कुनै बेला कुन्नि के हुन्छ बाटो छेकेर रुन्छ म भन्नै सक्दैन अरु सामान्य भए वास्ता गर्दैनथेँ मुटु बेचेर रुन्छ म भन्नै सक्दैन

भन्नु हुदैँन

बानी गन्दा भन्नु हुदैँन मागेको चन्दा भन्नु हुदैँन भोली तिनै उर्लिन सक्छन् अबुझ जन्ता भन्नु हुदैँन ऊ मदिराले मात्तेको छ उसलाई अन्धा भन्नु हुदैँन जस्तालाई नि उल्लु बनाउँछ उसको धन्दा भन्नु हुदैँन नत्र वनबास पुर्याउन सक्छ छक्का र पाजा भन्नु हुदैँन

नआउन सक्छ

अदभुत नआउन सक्छ देवदुत नआउन सक्छ आउला मेलम्ची आउला तर विद्युत नआउन सक्छ सारा देश टुकि्र सक्यो एकजुट नआउन सक्छ कसरी मेरो बयान लियौ त्यस्तो सबुत नआउन सक्छ कलियुगमा समुन्द्र मथेँ कालकुट नआउन सक्छ

भार थेग्न सकिन्न...

अब भार थेग्न सकिन्न यस्तो विजोग देख्न सकिन्न आकाशमा बस मान्छेहरु धर्तीमा खुट्टा टेक्न सकिन्न चाल्नोमा पानी अडाए जस्तै हातले सूर्य छेक्न सकिन्न दुःखको पनि सीमा हुन्छ मात्र दुःख खेप्न सकिन्न साहित्य राजनीति हो भने एकदिन गजल लेख्न सकिन्न