Saturday, January 9, 2010

लाज मान

युवा पुस्ता लाज मान
कुरा बुझ्दा लाज मान

छिमेकीले सिध्याई सके
चुस्दा चुस्दा लाज मान

चोरलाई रोक्न सकेनछौ
घरमा घुस्दा लाज मान

तिम्ले गरेको तिम्रो शिकार
आएर लुछ्दा लाज मान

नेपाली भनि धाक मार्छौ
अनि सुस्ता लाज मान

3 comments:

  1. bicharma pragati 6, aba nayapan diyera 6alang marna matra baki 6.

    Huna ta tapai kaafiyama sabaivanda badhi sachet ho, tara yo pali ali ek-aapasma namilda kaafiya prayog vayeko 6, hos puraunuhola !

    ReplyDelete
  2. कपिल जी, मलाई गज़ल को संरचना बारे खासै था छैन तर तपाई को गज़ल हरु छोटो र सिधा भएकोले धेरै जसो रमाइलो लाग्यो

    ReplyDelete
  3. नेपाली गजलहरुमा 'गाम्भिर्यता' भन्ने धातु कमी भएको हो कि ?

    ReplyDelete