Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

भार थेग्न सकिन्न...

अब भार थेग्न सकिन्न
यस्तो विजोग देख्न सकिन्न

आकाशमा बस मान्छेहरु
धर्तीमा खुट्टा टेक्न सकिन्न

चाल्नोमा पानी अडाए जस्तै
हातले सूर्य छेक्न सकिन्न

दुःखको पनि सीमा हुन्छ
मात्र दुःख खेप्न सकिन्न

साहित्य राजनीति हो भने
एकदिन गजल लेख्न सकिन्न

Comments

  1. कपिलका पछिल्ला गजलहरुमा गहनताको कमी महशुस गर्दै आएको छु ।

    ReplyDelete
  2. 'अब के छ त हुकुम महारानी' जस्ता गजलहरु अब कपिलले लेख्नै नसक्ने हुन त ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन