Monday, January 25, 2010

नआउन सक्छ

अदभुत नआउन सक्छ
देवदुत नआउन सक्छ

आउला मेलम्ची आउला
तर विद्युत नआउन सक्छ

सारा देश टुकि्र सक्यो
एकजुट नआउन सक्छ

कसरी मेरो बयान लियौ
त्यस्तो सबुत नआउन सक्छ

कलियुगमा समुन्द्र मथेँ
कालकुट नआउन सक्छ

2 comments:

  1. कलियुगमा यसरी नै अझै बढौं
    त्यो दिन कहाँ नआउन सक्छ ?

    ReplyDelete