जितेर आउनु बहिनीले भन्थी नत्र नआउनु बहिनीले भन्थी यो देशले तिम्रो रगत मागेमा रगत बगाउनु बहिनीले भन्थी आई लाग्ने माथि जाइ लाग्नु र छप्काउनु बहिनीले भन्थी युद्धको दुश्मन मित्र हुँदैन भनेर कराउनु बहिनीले भन्थी वीरका छोरा हौ वीर नेपाली वीरता देखाउनु बहिनीले भन्थी
बसाई सरेर बहुत रुलायौ आँखा तरेर बहुत रुलायौ भनेको भए म रोइदिन्थे अभिनय गरेर बहुत रुलायौ आकाशका तारा झार भन्दै शरण परेर बहुत रुलायौ मदिरा देखाएर तड्पाउँदै भट्टीमा लगेर बहुत रुलायौ लोग्ने मानिसले रुनु हुदैँन यस्तै भनेर बहुत रुलायौ
छेउमा टुकी र कलम थियो एउटा दुखी र कलम थियो प्राण बचाउन लेखेको होला ढुकढुकी र कलम थियो चन्द्रमा जिस्काउन ऊ सँग चन्द्रमुखी र कलम थियो सागरको बारेमा लेख्छु भन्दै एक थुकी र कलम थियो बरु उसले मलाई देखिन नजिक पुगी र कलम थियो
मलाई देखेर रुन्छ म भन्नै सक्दैन के-के लेखेर रुन्छ म भन्नै सक्दैन त जा यहाँ रुनु हँदैन भन्छु किन फर्केर रुन्छ म भन्नै सक्दैन ऊ गएकी यही ठाउँ हो भन्दै त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन कुनै-कुनै बेला कुन्नि के हुन्छ बाटो छेकेर रुन्छ म भन्नै सक्दैन अरु सामान्य भए वास्ता गर्दैनथेँ मुटु बेचेर रुन्छ म भन्नै सक्दैन