गजल ll यहाँ भगवानको पनि घर भत्किएको छ June 26, 2020 गजल उसले जतिचोटी आफैलाई बिर्सिएको छ त्यति नै चोटी यो देशलाई सम्झिएको छ सरकार मुर्दालाई कानुन पढाइरहेको छ यस्तो देखेर अपराधी पनि तर्सिएको छ तिमी फलामको भित्ताले सुरक्षित हुँदैनौं यहाँ भगवानको पनि घर भत्किएको छ ऊ हतियार बोकेर मैदानमा गएको थियो साथमा दुश्मनलाई ल्याएर फर्किएको छ © कपिल अन्जान Read more
गजल ll भन म तिम्रो सहरमा नआए के हुन्छ ? June 23, 2020 गजल तिमीले नजरहरुमा कसि लगाए के हुन्छ त्यसपछि म यो सहरबाट हराए के हुन्छ ? अभाव बोकेर दिनहुँ मन्दिर धाईरहेका छौ भगवान पनि त झुपडीमा आए के हुन्छ ? आकाशले आफुलाई हेर्नै पाएको छैन यो धर्तिमा ऐनाहरु विछ्याए के हुन्छ ? तिमी नआए सबथोक ओइलिन्छ यता भन म तिम्रो सहरमा नआए के हुन्छ ? © कपिल अन्जान Read more
गजल ll यसकारण मैले मृत्यु पनि स्वीकार गरेथें June 22, 2020 मैले जानेको छैन आजसम्म भरिने कला न तिम्ले जान्यौ कसैलाई केहि दिने कला खुट्टाभन्दा पनि त ठूलो कुरा हौसला हो ए साथी मसँग अझै बाँकी छ उभिने कला सधैं बाढि जस्तो हुँदैन पसिना र आँशु पानीले पनि जान्यो जीवनसँग मिसिने कला यसकारण मैले मृत्यु पनि स्वीकार गरेथें निकै घातक रहेछ प्रहारपछि गरिने कला © कपिल अन्जान Read more
गजल ll त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ June 20, 2020 गजल सरकार महङ्गो वस्तुको मात्रै व्यापार गर्छ यता भोकमरीले भने हाम्रो पेटमा प्रहार गर्छ कसैबाट यति नराम्रोसँग धोका पाएको हो त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ पहिला जन्माउँछ आफै, पछि मार्छ आफै यो प्रकृतिले पनि किन यस्तो व्यवहार गर्छ मानेले पनि घुमाउन सकेन उसको जिन्दगी आजकाल ऊ बली चढ्नलाई हतार गर्छ © कपिल अन्जान Read more
गजल ll युद्धमा बाँचेको मान्छे घरमा कसरी मारियो ! June 20, 2020 लासहरुलाई रंगिन तरिकाले सिंगारियो त्यसपछि गोहीको जस्तै आँशु झारियो आउनुुस् सबथोक छानबिन गरेर जानुस् युद्धमा बाँचेको मान्छे घरमा कसरी मारियो ! त्यसपछि उसलाई पाउमा लगेर राखिनेछ निकै मेहनतले जसलाई शिरबाट उतारियो भन्न त उसले यो पहिलो अनुभव हो भन्यो जो मैदानमा अन्तिम पटक पनि पछारियो © कपिल अन्जान Read more
गजल ll केहि रात उसलाई भुलाएर जा June 20, 2020 यसरी नै यो जिन्दगी जीउन कठिन छ गरिबी पनि पेटमा आएर चुनौति दिन्छ ए रात, केहि रात उसलाई भुलाएर जा मैले हेर्नुछ उसको चमक कस्तो देखिन्छ सम्बन्ध नै हुन् उसका ती बैशाखीहरु बैशाखी फालेर ऊ कहाँसम्म दौडिन्छ आकाश र ऐना जस्तै हो आमाको मन न हिजो बदलियो न भोलि नै बदलिन्छ तिमीलाई पछ्याउने तिम्रो छायाँ मात्रै हो ऊ तिमीसँगै जान्छ, तिमीसँगै रोकिन्छ © कपिल अन्जान Read more
गजल ll कसरी सुरक्षित होलान् भोलि समाधि पनि June 20, 2020 भयानक भयो आफैसँगको आजादी पनि बरु सहजै लिन सकें आफ्नै वर्वादी पनि केहि भ्रमहरुलाई यसरी सम्बोधन गरिरहें केबल तिमी हौ मेरो अन्त्य पनि आदि पनि आज यहाँ शालिकहरुमाथि प्रहार भएको छ कसरी सुरक्षित होलान् भोलि समाधि पनि ! ए अन्जान यो युगमा एक मान्छे जन्मेन केहि काम छैन यति धेरै यो आवादी पनि © कपिल अन्जान Read more