शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
यसरी नै यो जिन्दगी जीउन कठिन छ
गरिबी पनि पेटमा आएर चुनौति दिन्छ
ए रात, केहि रात उसलाई भुलाएर जा
मैले हेर्नुछ उसको चमक कस्तो देखिन्छ
सम्बन्ध नै हुन् उसका ती बैशाखीहरु
बैशाखी फालेर ऊ कहाँसम्म दौडिन्छ
आकाश र ऐना जस्तै हो आमाको मन
न हिजो बदलियो न भोलि नै बदलिन्छ
तिमीलाई पछ्याउने तिम्रो छायाँ मात्रै हो
ऊ तिमीसँगै जान्छ, तिमीसँगै रोकिन्छ
© कपिल अन्जान
Comments
Post a Comment