Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ

गजल

सरकार महङ्गो वस्तुको मात्रै व्यापार गर्छ
यता भोकमरीले भने हाम्रो पेटमा प्रहार गर्छ

कसैबाट यति नराम्रोसँग धोका पाएको हो
त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ

पहिला जन्माउँछ आफै, पछि मार्छ आफै
यो प्रकृतिले पनि किन यस्तो व्यवहार गर्छ

मानेले पनि घुमाउन सकेन उसको जिन्दगी
आजकाल ऊ बली चढ्नलाई हतार गर्छ

©
कपिल अन्जान



Comments

  1. पहिला जन्माउँछ आफै, पछि मार्छ आफै
    यो प्रकृतिले पनि किन यस्तो व्यवहार गर्छ

    ReplyDelete
  2. वाह क्या गज्जब शेर छन् दाजु।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

लाज मान

युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान