Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll आफ्नो त यार हरेक चिजहरु बेसुरा छन्


गजल

मैले सोचें तिम्रा हरेक वाक्यहरु छुरा छन्
तिमीले सोच्नु मैले सुनाउने धेरै कुरा छन्

सरकार यहाँ भौतारिनेहरुको कमि छैन
तिमीले बनाएका गल्लीहरु साँघुरा छन्

उसँग नभएका उसका ती बुवाआमा हुन्
ऊ भन्छ मेरो परिवारका सदस्य पुरा छन्

किन यस्तो संस्कार सिकिरहेछौं हामीहरु
आज यो सहरका धेरै मान्छेहरु टुहरा छन्

साथी तिम्रो जिन्दगी त लयमा बगेको छ
आफ्नो त यार हरेक चिजहरु बेसुरा छन्

©
कपिल अन्जान



Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान