चौतारा हराउँदै पसलसम्म पुग्यो चोक र चौतारा हिजोका परिचय थिए । चिट्ठी–पत्रको बाहिरी ठेगानामा पनि यिनै चोक, चौतारा र टोलका नामहरू लेखिन्थे । धेरै परदेशीका सन्देश यिनै चौताराको नामसँग जोडिएका हुन्थे । केही दशकअघिसम्म कोहलपुरमा पनि यस्ता चौताराका नाममा घर र परदेशका सास, अनुभूति, इच्छा, सपना, सम्झना र आशिर्वाद बोकेका हुलाकी पत्रहरू आइपुग्थे । एउटा पत्रले घरपरिवारलाई परदेशसँग जोड्थ्यो, अनि चौतारा ती सन्देशको एउटा मौन साक्षी बन्थ्यो । तर समयसँगै प्रविधिको विकास भयो । सञ्चारका माध्यम फेरिए । हिजोका ती दृश्यहरू बिस्तारै इतिहास बन्न थाले। अझै धेरै कुरा इतिहास बन्ने क्रममा छन् । पहिले चौतारा हुन्थ्यो, मानिसहरू भेला हुन्थे र त्यहीँ दुःख–सुखका कुरा हुन्थे । अहिले चौतारा हराउँदै गएका छन् । मानिसहरू भने छन्, दुःख–सुख पनि उस्तै छन्, तर समय र संवाद गर्ने माध्यम निकै फरक भएको छ । पहिले चौतारामा बसेर गफिनेहरू अहिले चिया पसलको छानामुनि बसेर आफ्ना विगत, वर्तमान र भविष्यका कुरा गरिरहेका देखिन्छन् । चियाको कपसँगै गाउँका कुरा, परिवारका कुरा, रोजगारी, खेतीपाती, विकास र बदलिँदो समयका कुरा चलिरहेका हुन्छन्...
गजल
मैले सोचें तिम्रा हरेक वाक्यहरु छुरा छन्
तिमीले सोच्नु मैले सुनाउने धेरै कुरा छन्
मैले सोचें तिम्रा हरेक वाक्यहरु छुरा छन्
तिमीले सोच्नु मैले सुनाउने धेरै कुरा छन्
सरकार यहाँ भौतारिनेहरुको कमि छैन
तिमीले बनाएका गल्लीहरु साँघुरा छन्
तिमीले बनाएका गल्लीहरु साँघुरा छन्
उसँग नभएका उसका ती बुवाआमा हुन्
ऊ भन्छ मेरो परिवारका सदस्य पुरा छन्
ऊ भन्छ मेरो परिवारका सदस्य पुरा छन्
किन यस्तो संस्कार सिकिरहेछौं हामीहरु
आज यो सहरका धेरै मान्छेहरु टुहरा छन्
आज यो सहरका धेरै मान्छेहरु टुहरा छन्

Comments
Post a Comment