Skip to main content

Posts

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

श्रमिकको पक्षमा नेपाली गजल ll

गजलमा श्रमिक गृहपृष्ठ   गजलमा श्रमिक श्रमिकको पक्षमा नेपाली गजल कपिल अन्जान शनिबार, असोज २४, २०७७ 265 Shares तिम्रो  साम्राज्यको एउटा गरिब मजदुर हुँ मेरो सपनामा महल होइन मुलुक आउँछ । पेसाले म एक खेताला हुँ । मेरो बुझाइमा, यसको पर्यायवाची भनेकै एक मजदुर हो या एक श्रमिक । मैले गर्दै आएको पत्रकारिताले मलाई सन्तोष त दिएको छ । तर मजदुरबाट मालिक बनाउने बाटोमा लैजान भने सकेको छैन । धन्न ‘सेर’सँगको पौँठेजोरी हुँदैनथ्यो भने यो श्रमिकको के नै पो अस्तित्व हुन्थ्यो र ! मलाई ‘सेर’ शब्द सुन्दा मात्रै पनि बडो गजब लाग्छ । लाग्छ, मैले लेख्दै आएको गजलले बडेमानको सम्मान पाएको छ । र, यो पनि लाग्छ कि– एक मजदुरको पक्षमा पनि कतै वकालत भइरहेको छ ।  समग्रमा हेर्ने हो भने नेपाली गजल परम्परा विकासको त्यति लामो इतिहास छैन । जति लेखिनुपर्नेे या जति आउनुपर्ने थियो त्यति आएको छैन । यदि आउँथ्यो भने के सबैका गजल जीवन्त हुन्थे त ? यो कुरा पनि सोचनीय छ नै ।  बेलाबेला गजलसम्बन्धि बहस र समालोचना भइ नै रहेका छन् । यद्यपि आउनुपर्ने गजल कतै अल्मल्लिए कि भन्ने लाग्छ । र, यस्तो पनि लाग्छ– हामीले पनि त्यस्ता ...
एक शेर उसले अझै पनि जित्ने सपना देखिरहन्छ भित्रैदेखि उसलाई कसैले हराउन सकेन

गजल ll आफ्नै नाममा बनायो आकाशको लालपुर्जा

गजल अञ्जान एकदिन यो ठाउँमा आउनेछ यी विभेदका पर्खालहरु भत्काउनेछ बाबूले घरमा हतियार राखि दिएपछि छोरो कतिञ्जेल दुनियाँसँग डराउनेछ आज पनि हत्यारा प्रमाणित भएको छ भोलि पनि ऊ सपना देखेर चिच्याउनेछ आफ्नै नाममा बनायो आकाशको लालपुर्जा हेरौं, अब बाहिर को–को डुल्न पाउनेछ © कपिल अन्जान

गजल ll माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु

गजल आज आकाश भन्दा पनि अग्ला इमारत भए तैपनि यी मान्छेहरु कहाँ हिफाजत भए ?  माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु आँगनसम्म आउनु यदि मनमा सराफत भए मृत्युको बदला मृत्यु फैसला सुनाइ सक्यो अब केही हुनेवाला छैन कुनै करामत भए तुफान निकै लामो सफरबाट आएको छ सुस्ताउने छ, तिम्रो सहरमा इजाजत भए © कपिल अन्जान

गजल ll आफ्नो त यार हरेक चिजहरु बेसुरा छन्

गजल मैले सोचें तिम्रा हरेक वाक्यहरु छुरा छन् तिमीले सोच्नु मैले सुनाउने धेरै कुरा छन् सरकार यहाँ भौतारिनेहरुको कमि छैन तिमीले बनाएका गल्लीहरु साँघुरा छन् उसँग नभएका उसका ती बुवाआमा हुन् ऊ भन्छ मेरो परिवारका सदस्य पुरा छन् किन यस्तो संस्कार सिकिरहेछौं हामीहरु आज यो सहरका धेरै मान्छेहरु टुहरा छन् साथी तिम्रो जिन्दगी त लयमा बगेको छ आफ्नो त यार हरेक चिजहरु बेसुरा छन् © कपिल अन्जान

गजल ll म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ?

गजल आफ्नै छायाँले पनि साथ हरदम छोड्यो यहि मजबुरीमा पैतालाले कदम छोड्यो यो समयले जिन्दगीभर निहुरिन सिकायो आफुले भने सधैं म माथि अहम् छोड्यो म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? मेरा आफन्तलाई लुट्यो र एल्बम छोड्यो त्यो दार्शनिक व्यवहारले बूढो भएकोथ्यो किन हतियार समायो, किन कलम छोड्यो © कपिल अन्जान

कविता-"बयान"

शीर्षक– बयान इजलासमा मलाई मेरै कविताहरूमाथि हात राखेर कसम खुवाइयोस् । श्रीमान् चुप लाग्नु भनेको सहनु हुँदै होइन यहाँ बिना बहस च्यातिदिएका छन् मैले राता अक्षरमा लेखेका मेरा राता कविताहरू । यदि, रातोको विषयमा नबोल्ने हो भने किन रातो हुन्छ सूर्य ? किन रातो हुन्छ रगत ? किन रातै बनाइयो झण्डा ? सम्झना छ मेरो आङ ढाक्ने च्यात्तिएको भोटो सँगै मैले देखेको मेरो बालक सपना त्यो पनि त रातै थियो । हिँड्ने बेलामा बैनीले मेरो निधारमा टाँसिदिएकी थिइन्– रातो कनिका । मैले अझै बिर्सिएको छैन मेरी आमाको सिउँदो पनि त रातै थियो । श्रीमान् किन सबै राताहरू नै बढी खतरा हुन्छन् ? –आगो –फूल –सिन्दूर –हस्ताक्षर – र लाजपुर्जा । श्रीमान् मेरो यो बयान सेतोको समर्थनमा भने हुँदै होइन यो रङ्गिन इजलासमा बहस गरियोस् किन सादा छ ? मेरी आमाको अनुहार सगरमाथाको रङ यी मान्छेहरूको मन र, मेरो देश । –कपिल अञ्जान कोहलपुर,  बाँके