Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

म भन्नै सक्दैन...

मलाई देखेर रुन्छ म भन्नै सक्दैन
के-के लेखेर रुन्छ म भन्नै सक्दैन

त जा यहाँ रुनु हँदैन भन्छु
किन फर्केर रुन्छ म भन्नै सक्दैन

ऊ गएकी यही ठाउँ हो भन्दै
त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन

कुनै-कुनै बेला कुन्नि के हुन्छ
बाटो छेकेर रुन्छ म भन्नै सक्दैन

अरु सामान्य भए वास्ता गर्दैनथेँ
मुटु बेचेर रुन्छ म भन्नै सक्दैन

Comments

  1. धेरै राम्रा भावनाहरु र ..राम्रो ब्लग रहेको रहेछ .... कपिल जी !

    ReplyDelete

Post a Comment