Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

राखेर पनि हेरे

ढुङ्गा मुटुमाथी राखेर पनि हेरे
अचानोमा यो छाती राखेर पनि हेरे

जीन्दगी बदल्न मैले के गरिन र
मन्दिरमा फूलपाती राखेर पनि हेरे

तेरो पुर्खाको इतिहास खै के छ भन्थे
छेउ छेउमा किँराती राखेर पनि हेरे

मलाई देख्नेले मान्छे होइनस् भन्थे
अनेक अनेक प्रजाती राखेर पनि हेरे

कसैले पागल भन्थे कसैले गजलकार
तिमीहरु जस्तै साथी राखेर पनि हेरे

Comments

  1. नेपालमा युवाहरुले नै सशक्त गजल लेखिरहेका छन् र ती युवाहरुको नेतृत्व गजलकार कपिलले गरिरहनु भएको छ । तर वैचारिक मामलामा चाहि सधै सचेत रहनहुन अनुरोध छ कपिलजीलाई ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन