मेरो बाजेको इतिहास छ रे रुँदै हाँसेको इतिहास छ रे परदेशी हुन नगएस् भन्थे भाँडा माँझेको इतिहास छ रे गाउँमा पैसा नहुँदा खेरी सामान साटेको इतिहास छ रे पढ्ने लेख्ने त्यो उमेरमा घाँस काटेको इतिहास छ रे सुनाउनु मेरो नातीलाई भन्दै दुःखमा बाँचेको इतिहास छ रे
बन्द हड्ताल यो देशको नारा जय नेपाल यो देशको नारा भन्छन् कृषि प्रधान देश हो अनिकाल यो देशको नारा कसरी आउँछन गौतम बुद्ध संकटकाल यो देशको नारा बेरोजगारी हड्छ हड्छ हेरक साल यो देशको नारा जो सत्तामा पुगे पनि त आलटाल यो देशको नारा
मलाई मेरा बाले सबै सिकाए हुर्काए अनि पाले सबै सिकाए पढेर ठूलो भएस् भन्थे मलाई स्कूलमा पनि हाले सबै सिकाए दुनियाँ स्वार्थी छ बाँच्न जानेस् यस्तै सिकाउन थाले सबै सिकाए भन्थे पहिचान छैन खोजेस् तेरो नाम हो काले सबै सिकाए यो माटोलाई केही गर्नु छ तैले दाइ भाइ आमाले सबै सिकाए