Thursday, December 24, 2009

इतिहास छ रे

मेरो बाजेको इतिहास छ रे
रुँदै हाँसेको इतिहास छ रे

परदेशी हुन नगएस् भन्थे
भाँडा माँझेको इतिहास छ रे

गाउँमा पैसा नहुँदा खेरी
सामान साटेको इतिहास छ रे

पढ्ने लेख्ने त्यो उमेरमा
घाँस काटेको इतिहास छ रे

सुनाउनु मेरो नातीलाई भन्दै
दुःखमा बाँचेको इतिहास छ रे

1 comment:

  1. नयाँ बिचार रोप्नु पर्यो
    अनि त्यसलाई पोत्नु पर्यो

    ReplyDelete