Wednesday, December 2, 2009

सबै सिकाए

मलाई मेरा बाले सबै सिकाए
हुर्काए अनि पाले सबै सिकाए

पढेर ठूलो भएस् भन्थे मलाई
स्कूलमा पनि हाले सबै सिकाए

दुनियाँ स्वार्थी छ बाँच्न जानेस्
यस्तै सिकाउन थाले सबै सिकाए


भन्थे पहिचान छैन खोजेस्
तेरो नाम हो काले सबै सिकाए


यो माटोलाई केही गर्नु छ तैले
दाइ भाइ आमाले सबै सिकाए

2 comments:

  1. प्रभासमा केही गर्नुछ है बाबु
    कस्तो गजल लेखिनुपर्छ सबै सिकाए

    ReplyDelete
  2. उठाउनु भन्थे खुकुरी पनि
    अन्यायलाई ढाले सबै सिकाए

    ReplyDelete