Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

बहिनीले भन्थी...

जितेर आउनु बहिनीले भन्थी
नत्र नआउनु बहिनीले भन्थी

यो देशले तिम्रो रगत मागेमा
रगत बगाउनु बहिनीले भन्थी

आई लाग्ने माथि जाइ लाग्नु
र छप्काउनु बहिनीले भन्थी

युद्धको दुश्मन मित्र हुँदैन
भनेर कराउनु बहिनीले भन्थी

वीरका छोरा हौ वीर नेपाली
वीरता देखाउनु बहिनीले भन्थी

Comments

  1. कपिल जी ! कुरा निकै जोस र गर्वको गर्नु भा'छ तर अलिक होस राख्नु पर्छ , वीर नेपाली हामी हौ यस्मा कुनै सन्देह छैन तर अब युद्रमा वीरता होइन विकाशमा वीरता देखाउने वेला आएको छ !
    युद्रमा ब्यक्ति विनाश होइन .... सिर्जन शील जवानको खाचो छ !

    ReplyDelete
  2. kapil g tapaile yastai yastai bhabanaharu post gardaijanus yastai lekh sirjhana gardai janus tapai bhabisyako sahityakar hune chhau ra sahityakarma nam chhaowass yahi mero kamana chha

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म किन सम्झिरहन्छु तिमीलाई !

म किन सम्झिरहन्छु तिमीलाई ! भदौ २६, २०७८  0   By  कपिल अन्जान शेयर गर्नुहोस् Facebook Twitter Messenger Copy Link Viber Telegram WhatsApp Pocket Share मान्छे के कुराले सुन्दर देखिन्छ होला ? अनुहार, रूपरंग, पहिरन, बोलीचाली या व्यवहार ! हुन त सबैको हेर्ने नजरमा फरक पर्छ नै । जबदेखि अरूका कविता पढ्न थाले, त्यसपछि पात, डाँठ, काँडा र जरासँग पनि प्रेम बस्यो । फूल त आफैमा फूल नै हो । त्यो त सबैको रोजाइमा पर्छ । लाग्छ, जिन्दगी एउटा फूलैफूलले सजिएको बगैंचा पनि हो । त्यस्तो बगैंचा जसमा सबैको आफ्नै अस्तित्व हुन्छ । यहाँ नफेरिने केहि छैन । दिन, बार, ऋतु हुँदै बिस्तारै निश्चित समयपछि सबैथोक फेरिन्छ । सबथोक बदलिन्छ । मानिसहरू बडेमानको उपहार दिन्छन् । उपहार भनेको याद पनि हो । म त उपहार लिन मात्रै जान्दछु, दिन जान्दिन । जस्तो कि, कसैबाट राम्रो कुरा लिएँ भने त्यो कदापि फिर्ता गर्न मन लाग्दैन । आफैसँग राखिरहुँ भन्ने लाग्छ । तर आफुले राम्रो कुरा दिनु नपरोस् भन्ने नि लाग्छ । तर बोली र हाँसो हो भने त्यो त जति लगे नि आजसम्म कमि भएकै छैन । त्यसलाई पनि के उपहार भन्नु भन्ने लाग्छ । काठमाडौंको करिब ३ वर्षको बसा

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ

गजल सरकार महङ्गो वस्तुको मात्रै व्यापार गर्छ यता भोकमरीले भने हाम्रो पेटमा प्रहार गर्छ कसैबाट यति नराम्रोसँग धोका पाएको हो त्यस दिनदेखि उसले हरेकलाई प्यार गर्छ पहिला जन्माउँछ आफै, पछि मार्छ आफै यो प्रकृतिले पनि किन यस्तो व्यवहार गर्छ मानेले पनि घुमाउन सकेन उसको जिन्दगी आजकाल ऊ बली चढ्नलाई हतार गर्छ © कपिल अन्जान