Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll यहाँ भगवानको पनि घर भत्किएको छ

गजल

उसले जतिचोटी आफैलाई बिर्सिएको छ
त्यति नै चोटी यो देशलाई सम्झिएको छ

सरकार मुर्दालाई कानुन पढाइरहेको छ
यस्तो देखेर अपराधी पनि तर्सिएको छ

तिमी फलामको भित्ताले सुरक्षित हुँदैनौं
यहाँ भगवानको पनि घर भत्किएको छ

ऊ हतियार बोकेर मैदानमा गएको थियो
साथमा दुश्मनलाई ल्याएर फर्किएको छ

©
कपिल अन्जान

Comments

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान