Skip to main content

Posts

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

... हामीहरु

साहित्यकार भनाउँदा हामीहरु इतिहास बनाउँदा हामीहरु सरकार र समाजले पाखा लाउँछ कलम समाउँदा हामीहरु पाठकले त्यो बेला के सोच्ला मानौँ हराउँदा हामीहरु पुग्छ केही पनि चाहिँदैन लेखेर रमाउँदा हामीहरु अन्याय सहन्नौं लेख्न छोड्दैनौ डराउन्नौं डराउँदा हामीहरु

... कतिन्जेल बाँचिन्छ ?

आत्मा बेचेर कतिन्जेल बाँचिन्छ ? गजल लेखेर कतिन्जेल बाँचिन्छ ? भन्छन् सपनाको पैसा लाग्दैन सपना देखेर कतिन्जेल बाँचिन्छ ? मान्छेको अनुहार बदलि रहन्छ ऐना हेरेर कतिन्जेल बाँचिन्छ ? एकदिन सबैले मर्नु नै पर्छ धर्तीमा टेकेर कतिन्जेल बाँचिन्छ ? बाँचुन्जेल कमसेकम राम्रो बन अरुलाई हेपेर कतिन्जेल बाँचिन्छ ?

...उफ्री रहेछौं

अरुको आडमा उफ्री रहेछौं तछाड मछाडमा उफ्री रहेछौं बन्छौ कसरी स्वाभिमानी कसैको ढाडमा उफ्री रहेछौं जिन्दगी के हो जान्दा जान्दै किन कवाडमा उफ्री रहेछौं तराई कस्तो छ आएर हेर त्यसै पहाडमा उफ्री रहेछौं देशको माया छ नशा भन्छौ हाड हाडमा उफ्री रहेछौं

बालाई सुनाए...

बाजेले मेरो बालाई सुनाए भन्थे तेरो बालाई सुनाए छोरा त सगरमाथा पुगेस् त्यती अप्ठेरो बालाई सुनाए हाम्रो खलकमा कसैले छोएनन् चढेस् पजेरो बालाई सुनाए महलमा बस्दैमा भुल्नु हुदैँन छाप्रो कटेरो बालाई सुनाए मैले त जीन्दगी बिताई सके रैनछ अँधेरो बालाई सुनाए

बहिनीले भन्थी...

जितेर आउनु बहिनीले भन्थी नत्र नआउनु बहिनीले भन्थी यो देशले तिम्रो रगत मागेमा रगत बगाउनु बहिनीले भन्थी आई लाग्ने माथि जाइ लाग्नु र छप्काउनु बहिनीले भन्थी युद्धको दुश्मन मित्र हुँदैन भनेर कराउनु बहिनीले भन्थी वीरका छोरा हौ वीर नेपाली वीरता देखाउनु बहिनीले भन्थी

बहुत रुलायौ

बसाई सरेर बहुत रुलायौ आँखा तरेर बहुत रुलायौ भनेको भए म रोइदिन्थे अभिनय गरेर बहुत रुलायौ आकाशका तारा झार भन्दै शरण परेर बहुत रुलायौ मदिरा देखाएर तड्पाउँदै भट्टीमा लगेर बहुत रुलायौ लोग्ने मानिसले रुनु हुदैँन यस्तै भनेर बहुत रुलायौ

कलम थियो

छेउमा टुकी र कलम थियो एउटा दुखी र कलम थियो प्राण बचाउन लेखेको होला ढुकढुकी र कलम थियो चन्द्रमा जिस्काउन ऊ सँग चन्द्रमुखी र कलम थियो सागरको बारेमा लेख्छु भन्दै एक थुकी र कलम थियो बरु उसले मलाई देखिन नजिक पुगी र कलम थियो