Skip to main content

Posts

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

डर लाग्यो......

गरिस् उजुरी डर लाग्यो देखाईस् खुकुरी डर लाग्यो रगतमा समानता छैन छैन सिन्दुरी डर लाग्यो को पहाडी को मधेशी हो नहान छुरी डर लाग्यो तेरो अगाडि झुक्न पनी लाग्यो मजबुरी डर लाग्यो मलाई नमारी शान्त हुन्नस् मार निष्ठुरी डर लाग्यो

राखेर पनि हेरे

ढुङ्गा मुटुमाथी राखेर पनि हेरे अचानोमा यो छाती राखेर पनि हेरे जीन्दगी बदल्न मैले के गरिन र मन्दिरमा फूलपाती राखेर पनि हेरे तेरो पुर्खाको इतिहास खै के छ भन्थे छेउ छेउमा किँराती राखेर पनि हेरे मलाई देख्नेले मान्छे होइनस् भन्थे अनेक अनेक प्रजाती राखेर पनि हेरे कसैले पागल भन्थे कसैले गजलकार तिमीहरु जस्तै साथी राखेर पनि हेरे

क्या....चमत्कार गरेऊ

अनौठो गर्न थालेर क्या चमत्कार गरेऊ पानीमा आगो बालेर क्या चमत्कार गरेऊ सत्य तीतो हुन्छ तीतो नै सत्य हुन्छ सारा निम उखालेर क्या चमत्कार गरेऊ जमाना उल्टियो विज्ञानले अवश्य मान्छ सागरमा ढुङ्गा फालेर क्या चमत्कार गरेऊ नौ लाख तारा गनि रहे एउटा पुगेन ध्रुवतारा खसालेर क्या चमत्कार गरेऊ नभएको भए चित्त बुझाउथेँ अप्सराहरु छेउ छेउमै बसालेर क्या चमत्कार गरेऊ पत्थर पनि हातमा चुहिदै पोखिदैँ थियो एक-एक पगालेर क्या चमत्कार गरेऊ

थाहै भएन

माया गरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन कति धेरै सपना देखेथेँ कति कुरा मनमा लेखेथेँ सिउँदो भरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन तिम्रो छेउमा आउँछु भनी चोखो माया लाउँछु भनी वचन सरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन तिम्रो तस्वीर छोइरहन्छु हरेक राती रोइरहन्छु आँसु झरेको थाहै भएन ज्यूँदै मरेको थाहै भएन

गजल लेख्न छोडिसके

अस्तिबाट गजल लेख्न छोडिसके मैले मस्तिबाट गजल लेख्न छोडिसके मैले चलाउन गाह्रो भयो उस्तै छ त्यो घर गृहस्थीबाट गजल लेख्न छोडिसके मैले आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे दोस्तीबाट गजल लेख्न छोडिसके मैले पारेदेखि दुनियाँले त्यो नजरबन्दमा गस्तिबाट गजल लेख्न छोडिसके मैले छैन मेरो पहिचान गाउँलेहरुलाई सोध बस्तीबाट गजल लेख्न छोडिसके मैले

घाम लागिसक्यो

खै उठेको डाँडामाथि घाम लागिसक्यो हेर फूल काँडामाथि घाम लागिसक्यो कतिसम्म अल्छी बन्छौ राति माभुनुपर्ने खाएका ती भाँडामाथि घाम लागिसक्यो गैरीखेतको सबै मेलो सिध्याउने होला बिस्तारै झन् टाढा माथि घाम लागिसक्यो डोको, नाम्लो समात्नलाई कम्मर कस अब बस्तुभाउ पाडामाथि घाम लागिसक्यो भन्दैछु म तिमीलाई अब अन्तिम पटक उदाएर टाढा माथि घाम लागिसक्यो

छापामारको छोरो

देशको निम्ति लड्छु भन्छ छापामारको छोरो अझै शिखर चढ्छु भन्छ छापामारको छोरो कुन कारणले मेरो पुर्खा जङ्गल गएको त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो हात हतियार बम गोली समाउन देऊ सिमानातिर बढ्छु भन्छ छापामारको छोरो दुश्मन को हुन् सिकाउनु त्यही छातीमाथि शूल बनेर गढ्छु भन्छ छापामारको छोरो बिन्ती मेरो क्रान्तिलाई कुण्ठित नपारिदेऊ नत्र त्यसै म सड्छु भन्छ छापामारको छोरो